नेपाल / स्वास्थ्य

गृहपृष्ठ नेपाल / स्वास्थ्य

कोभिडका कारण एक करोड ५० लाखको मृत्यु : डब्लूएचओ

कोभिडका कारण एक करोड ५० लाखको मृत्यु : डब्लूएचओ

काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरस संक्रमणका कारण विश्वभर करिब एक करोड ५० लाख मानिसको मृत्यु भएको अनुमान गरेको छ । 

यो २०२० जनवरी १ देखि २०२१ डिसेम्बर ३१ को बीच मृत्यु हुने संख्याको नयाँ अनुमान हो । हाल विश्वमा कोरोनाबाट ५४ लाखको मात्रै मृत्यु भएको आधिकारिक मानिएको छ।

धेरै देशले कोभिडबाट मृत्यु हुनेको संख्या कम देखाएको डब्ल्यूएचओले जनाएको छ । डब्लूएचओले भारतमा मात्रै कोरोनाले ४७ लाख मानिसको मृत्यु भएको उल्लेख गरेको छ।

यो संख्या आधिकारिक तथ्यांकभन्दा करिब १० गुणा बढी हो । तर, भारत सरकारले यो रिपोर्टमाथि आपत्ति जनाएको छ । भारतको आधिकारिक तथ्यांकअनुसार कोरोनाका कारण मृत्यु हुनेको संख्या पाँच लाख २३ हजार ९ सय ७५ पुगेको छ । 

भारतमा अहिले पनि दैनिक तीन हजारको हाराहारीमा संक्रमण देखिएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Nilkantha Na Pa
DHO Dengue
Dhading Hospital

धादिङ स्पेसल