धादिङ स्पेशल / नीलकण्ठ / गाउँ-समाज

गृहपृष्ठ धादिङ स्पेशल / नीलकण्ठ / गाउँ-समाज

धादिङबेसीको फोहोर रोक्ने डम्पिङसाइड प्रभावितको चेतावनी

नीलकण्ठ नगरपालिकालाई सात दिने अल्टमेटम

धादिङबेसीको फोहोर रोक्ने डम्पिङसाइड प्रभावितको चेतावनी

धादिङ : धादिङको नीलकण्ठ नगरपालिका–८ च्याडुघुम्तीको डम्पिङ साइड प्रभावित क्षेत्रका बासिन्दाले फोहोर व्यवस्थापनमा अवरोध गर्ने भएका छन् ।

वर्षौदेखि अव्यवस्थित ढंगबाट फोहोर फालिदै आएको डम्पिङ साइड व्यवस्थित नगर्दा गाउँसम्मदुर्गन्ध फैलिनेक्रम बढेको भन्दै प्रभावित क्षेत्रका बासिन्दाले फोहोर फाल्न रोक लगाउने चेतावनी दिएका छन् । स्थानीय ससाह ज्यामिरे सामुदायिक वन उपभोक्ता समूहको नेतृत्वमा बुधबार नीलकण्ठ नगरपालिकालाई सात दिने अल्टमेटमसहितको ध्यानाकर्षणपत्र बुझाउँदै च्याडुघुम्तीमा फोहोर फाल्न नदिने चेतावनी दिएका हुन् ।

च्याडुघुम्तीको डम्पिङसाइडमा सदरमुकाम धादिङबेसीबाट निस्कने फोहोर २० वर्ष भन्दा अगाडिदेखि फालिदै आएको छ । दैनिक दुई देखि तीन गाडी फोहोर फालिदै आएको वन समूहका अध्यक्ष रामकुमार पौडेलले बताए । व्यवस्थापन नगरी जथाभावी फालिदै आएको फोहोरले प्रभावित क्षेत्रका नागरिकले २४ सै घण्टा दुर्गन्ध त सहनु परेको छ नै घरपालुवा वस्तुभाउ चराउन र वन क्षेत्रमा घाँसदाउरा गर्न जान समेत नसकिने अवस्था आएको अध्यक्ष पौडेलले बताए ।

‘च्याडुघुम्तीमा विगत २० वर्षदेखि धादिङबेसी बजारको फोहोर फाल्दै आएको र त्यस ठाउँमा हालसम्म व्यवस्थित नबनाई फालिएको फोहोरले कालुपाण्डे मार्गमा यात्रा गर्ने यात्रुले समेत दुर्गन्ध सहन बाध्य छन् । ‘ससाह ज्यामिरे आसपासबाट मात्रै होइन ढोला, मैदी नलाङ क्षेत्रबाट समेत मानिसको मृत्युपछि अन्तिम दाहसंस्कारका लागि शव लाने बाटो त्यहि छ । फोहोरको ढंगुरमाथी फुटेका सिसा, प्लाष्टिकका कचेरा र सडेका फोहोरमाथी टेक्दै शव बोक्नुपर्ने बाध्यता छ’,पौडेलले भने–‘अब यहाँका नागरिकले यो सब सहेर बस्न सक्दैन ।’

डम्पिङसाइट प्रभावित क्षेत्रका स्थानीयले बुधबार नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्यकर्मालाई बुझाएको ध्यानाकर्षण पत्रमा नागरिकको जिउधनको रक्षाका लागि फोहोर फाल्न अवरोध गरिने उल्लेख गरिएको छ ।‘निरन्तर फालिएको फोहोरले त्यस क्षेत्रको वन पैदावर पनि नास हुँदै गएको छ भने नागरिकको स्वास्थ्यमा पनि प्रतिकुल असर परेको हुँदा यथाशिघ्र फोहोर फाल्न बन्द गरी फालिसकेको फोहोरबाट निस्कने सम्भावित दुर्गन्ध समेत व्यवस्थापन गरिदिन जोडदार माग गर्दछौं । आश्वासनकै भरमा आलटाल गरि नगरपालिकाले प्रभावित क्षेत्रका नागरिकको गुनासो सुनुवाईतर्फ ध्यान नदिएको हाम्रो स्पष्ट बुझाई छ’, ध्यानाकर्षणपत्रमा उल्लेख छ ।

फोहोरमैला ढुवानी गर्ने सवारीसाधनको असावधानीका कारण सडक र घरका दैलोमा समेत फोहोरको चाङ लाग्ने गरेको र प्रभावित क्षेत्रका जनता प्राणघातक रोगको सिकार बन्नुपरेको उल्लेख गर्दै नागरिकले अकालमै ज्यान गुमाउनुपरेको समेत उल्लेख गरिएको छ ।

‘मानवताविरोधी अपराध गरेकाले अबउप्रान्त सधैँका लागि फोहोरमैला निषेध गर्नुबाहेक अर्को विकल्प छैन । स्थानीय सरकारहरुले हाम्रा गुनासो सुनुवाई नगरी जबरजस्ती फोहोर फाल्ने काम बन्द नगरे फोहोरमैला बोकेका गाडीलाई प्रभावित क्षेत्रमा प्रवेश निषेध गरी चरणबद्ध आन्दोलन गर्न बाध्य हुनेछौं’, ध्यानाकर्षणपत्रमा भनिएको छ–‘यदि अझै पनि प्रभावित क्षेत्रका नागरिकको गुनासोलाई वेवास्था गरी आजको मितिबाट सात दिनभित्र फोहोर फाल्ने काम बन्द नगरे र फालिसकिएको फोहोरको सहि तरिकाले व्यवस्थापन नगरी बलमिचाई ढंगबाट फोहोर फाल्ने लग्यो भने फोहोर बोकेर गएको गाडी फर्काएर बजारभित्र चोकचोकमा फोहोरको ढंगुर लगाइदिनेसहित कडा आन्दोलनमा उत्रन प्रभावित क्षेत्रका आम नागरिक बाध्य हुनेछौं’, ।

अव्यवस्थित ढंगबाट थुपारिएको फोहोले मानवीय स्वास्थ्यमा प्रतिकूल असर परेको तथा राज्यशक्तिको दुरुपयोग गरी स्वच्छ वातावरण बाँच्न पाउने नागरिकको मौलिक हक सरकारले नै हनन् गरेको स्थानीयको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Nilkantha Na Pa
DHO Dengue
Dhading Hospital

धादिङ स्पेसल