Weather : 20.12° Celsius Kathmandu
धादिङ : झापाको मेचिनगर नगरपालिका–६ स्थित मेचिपुलबाट ४३ ग्राम १५ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धादिङको खनियाबास गाउँपालिका–५ का २० वर्षीय विनोद तामाङ रहेको प्रहरीले जनाएको छ।
भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका तामाङलाई सोमबार साँझ लागूऔषध नियन्त्रण ब्यूरो काकरभिट्टा र सशस्त्र प्रहरी बल नेपालबाट खटिएको संयुक्त टोलीले उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।