धादिङ स्पेशल / राजनिति

गृहपृष्ठ धादिङ स्पेशल / राजनिति

अनुत्पादक लगानी बढेकोले अर्थतन्त्र चलायमान भएन एमाले उपाध्यक्ष पाण्डे

Nikantha Na Pa
अनुत्पादक लगानी बढेकोले अर्थतन्त्र चलायमान भएन एमाले उपाध्यक्ष पाण्डे

धादिङ : सबै काम एकै पटक गर्न खोज्दा अनुत्पादक लगानी बढेकोले नेपालको अर्थतन्त्र चलायमान बन्न नसकेको नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बताएका छन् ।

प्रेस चौतारी नेपाल धादिङले धादिङबेसीमा आयोजना गरेको पत्रकार भेटघाटमा पूर्व अर्थमन्त्री रहेका पाण्डेले भिन्न कोणबाट नसोचे देश अगाडि बढ्न सक्ने अवस्था नरहेको दावी गरे ।

‘सबै ठाउँ एकैचोटी बनाउँछु भन्नु पद्दतिले सबै ठाउँमा पुग्दैन । थोरै थोरै छरेर पैसा दिँदा परिणाम आउन समय लाग्छ ।  उपलब्धी लिने गरी खर्च गर्न सक्नुपर्छ’, उदाहरण दिँदै पाण्डेले भने–‘दुई किलोमिटर सडक बन्योे भने साइकल, मोटरसाइकल, गाडी तुरुन्तै हिड्न सुरु हुन्छ तर, थोरै थोरै पैसा दिएर दुई वर्षमा बन्ने पुल १० वर्षमा बन्यो भने १० वर्षसम्म पैसा खर्च भएर बस्छ, रिजल्ट देखिदैन । त्यसकारण सरकारी लगानीहरु अनुत्पादक भइरहेको छ । सबै काम एकै पटक गर्न खोज्नुले नै यस्तो अवस्था आएको हो । अब त्यसलाई प्राथमिकिकरण गरेर लगानी गर्न जरुरी छ ।’

अब बजेट बनाउँदा ७० प्रतिशन बजेट रणनीतिक ठूला परिणाम दिने योजनामा केन्द्रित गराएर ठूला कामलाई अगाडि बढाउन सकियो भने देशको अर्थतन्त्र चलायमान हुने र देश आर्थिक समृद्धितर्फ अघि बढ्ने पाण्डेले स्पष्ट पारे ।

Between Description 4

पत्रकारहरुको जिज्ञासा मेटाउँदै नेता पाण्डेले सरकारले गर्न लागेको लगानी सम्मेलनको तयारी पूरा नभएको बताए । अघिल्लो सरकारले लगानी सम्मेलन गर्ने तयारी गरेको र सोही अनुरुप गर्न लागिएको सम्मेलन भएकोले अहिलेका अर्थमन्त्री सम्मेलनको बारेमा स्पस्ट नभएको उनको तर्क छ ।

लगानी सम्मेलनको आयोजना गर्नु सकारात्मक भए पनि बिगतमा भएका लगानी सम्मेलनको लगानीको समिक्षा र कार्यान्वयनको अवस्था के छ भनेर समिक्षा गर्न जरुरी छ । बिना समिक्षा लगानी गर्न आउ मात्र भनेर लगानी कर्ता लगानी गर्न आउदैन’, उनले भने ।

पत्रकार सम्मेलनमा नेकपा एमाले केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज धर्मदत्त देवकोटा, खेम लोहनी, नेकपा एमाले जिल्ला अध्यक्ष भूमि त्रिपाठी लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Sahid Memorial

धादिङ स्पेसल