Weather : 25.12° Celsius Kathmandu
धादिङ : धादिङको उत्तरी क्षेत्र जोड्ने किन्ताङ खोलामा बेली ब्रिज निर्माण गरिएको छ । चार दशकपछि धादिङको खनियाँबास गाउँपालिका–४ किन्ताङफेदीमा पुल (चाइनिज ब्रिज) निर्माण गरी संचालनमा आएको छ ।
उत्तरी धादिङको लाइफलाइन मानिने दामन–पाख्रिन मार्गको किन्ताङ खोलामा निर्माण गरिएको पुलमा आइतबारबाट औपचारिक रुपमा सवारी ओहोर दोहोर गराउन सुरु गरिएको छ । उत्तरी धादिङको तीन गाउपालिकालाई प्रत्यक्ष लाभ पु¥याउने पुलको आइतबार संघीय सांसद रामनाथ अधिकारी र नेपाली सेनाको प्रधानसेनापती महारथी प्रभुराम शर्माले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
खनियाबास गाउँपालिका–४ र नेत्रावती डबजोङ गाउँपालिका–१ जोड्ने किन्ताङखोलामा बनेको पुल ४२ दशमलव ६७ मिटर लम्बाइ र ४ दशमलव २ मिटर चौडाइको छ । नेपाली सेनाको प्राविधिक सहयोगमा निर्माण सम्पन्न पुल ३० टन क्षमताको छ ।
वर्षाको समयमा पानी बढेपछि यातायात विच्छेद भई चामल, दमल, तेल लान सकिदैन थियो । बिरामी पर्दा हेलिकप्टरको सहारा लिनुपर्ने बाध्यता थियो । उत्तरका नागरिक अब त्यो बाध्यताबाट मुक्त भएकोले उत्तरी धादिङलाई जोड्न अझै दुई ओटा पुल बनाउन आग्रह गरिएको संघीय साम्सद रामनाथ अधिकारीले बताए ।
कुल एक करोड १० लाख लागत रहेको छ । पुल निर्माणकोे खर्च सुरुमा खनियाबास गाउँ पालिका र पछि नुवाकोटको किस्पाङ गाउँपालिका, गंगाजमुना गाउँपालिका र नेत्रावती डबजोङ गाउँपालिकाले सहयोग गरेको खनियाास गाउँपालिका अध्यक्ष रणबहादुर तामाङले बताए ।
धादिङको उत्तरी भेगलाई सदरमुकाम धादिङबेसी जोड्ने यो नै मुख्य मार्ग भएकोले पुल निर्माणले जनजीवन सहज र उत्पादित कृषिजन्य उत्पादन बजारसम्म लैजान सकिने तामाङले बताए ।
ट्रयाक खोलिएको झन्डै चार दशकपछि पुल निर्माण हुँदा उत्तरी क्षेत्रका स्थानीय खुसी बनेका छन् । ‘हामी अर्कै देशका नागरिक जस्तो भएर बस्नु परेको थियो अब पुल बन्यो हामीलाई त घरकै ढोका खुलेको जस्तै अनुभव भइरहेको छ’, खनियाबास गाउँपालिकाका प्रकाश तामाङले भने ।
‘सडक भएर पनि पुल नहुँदा घन्टौँ लगाएर हिँडेरै यात्रा गर्न बाध्य थियौं । कृषिजन्य उत्पादन गाउँमा हरेक वर्ष कुहिएर जान्थ्यो । अब कृषिजन्य उत्पादन गाडीमा बजारसम्म लगेर बिक्री गर्ने र घर खर्च चलाउने, चाडपर्व मनाउने थोको पुरा हुने भएको छ’, उनले भने ।
नेपाल विद्युत प्राधिकरणको त्रिशुली थ्रि।ए ।र थ्रि। बि।को स्वामित्वमा रहेको बेत्रावतीबाट ल्याएर हाल किन्ताङफेदीमा जडान गरिएको हो । गत अशोज १२ गते शिलान्यास भए सँगै नेपाली सेनाको १४ नम्बर बाहिनि अड्डाको प्राविधिक सहयोग निमार्ण सम्पन्न भएको थियो ।