धादिङ स्पेशल / नीलकण्ठ / नेपाल / दुर्घटना

गृहपृष्ठ धादिङ स्पेशल / नीलकण्ठ / नेपाल / दुर्घटना

खाल्टे ट्रक दुर्घटना : १ को मृत्यु ८ घाइते

खाल्टे ट्रक दुर्घटना : १ को मृत्यु ८ घाइते

धादिङ : नीलकण्ठ नगरपालिका वडा नं ५ खाल्टेमा मल बोकेको आइचर ट्रक दुर्घटना हुँदा एक जना बालकको ज्यान गएको छ । घटनामा अन्य ८ जना ब्यक्तिहरु घाइते भएका छन् । 

बा २ ख ८९४७ नम्बरको ट्रक खाल्टेको पिमलखोला नजिकै पालपाली टोलमा दुर्घटना हुदा पतेनीका १० वर्षिय बालक सन्तोष रम्तेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए । 

दुर्घटनामा परेर पाँच जना बालबालिकासहित आठ जना घाइते भएका छन् । घाइते हुनेहरुमा एकैपरिवारका ५ जना रहेका छन् । घाइतेमध्य ५ जनाकाे अवस्था गम्भीर रहेकाे छ ।

दुर्घटना भए लगत्तै प्रहरी र एम्बुलेन्स घटनास्थल पुगेर स्थानीयको सहयोगमा घाइतेहरुको उद्धार गरेको हो । घाइतेहरुको धादिङ अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइतेहरुलाइ काठमाण्ठौ पठाउने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Nilkantha Na Pa
DHO Dengue
Dhading Hospital

धादिङ स्पेसल