अन्तर्राष्ट्रिय / खेलकुद

गृहपृष्ठ अन्तर्राष्ट्रिय / खेलकुद

इन्डियन प्रिमियर लिग : लखनउविरुद्ध हैदराबाद १० विकेटले विजयी

इन्डियन प्रिमियर लिग : लखनउविरुद्ध हैदराबाद १० विकेटले विजयी

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादले लखनउ सुपर जाइन्ट्सलाई १० विकेटले पराजित गरेको छ । 

बुधबार राति भएको खेलमा लखनउले दिएको १६६ रनको लक्ष्य हैदराबादले विनाविकेट १० ओभरमा पूरा गरेको हो ।

हैदरावादका ओपनर ट्राभिस हेड ३० बलमा ८ चौका र ८ छक्कासहित ८९ रन र अभिषेक शर्माले २८ बलमा ८ चौका र ६ छक्का प्रहार गर्दै नटआउट ७५ रन बनाए ।

हैदराबादको घरेलु मैदानमा पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ४ विकेट गुमाएर १६५ रन बनाएको थियो । आयुष बडोनीले ५५, निकोलस पूरनले ४८, केएल राहुलले २९ र क्रुणाल पाण्ड्याले २४ रन बनाए । 

दोस्रो नम्बरका क्वेन्टन डे कक २ र मार्क्युस स्टोनिस ३ रनमै आउट भए । हैदरावादका भुवनेश्वर कुमारले २ र प्याट कमिन्सले एक विकेट लिए । यो जितसँगै हैदराबाद १४ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । लखनउ छैटौं स्थानमा छ ।

लिग तालिकाको पहिलो स्थानमा कोलकाता नाइट्स राइडर्स र दोस्रो स्थानमा राजस्थान रोयल्स् रहेका छन् । पहिलो र दोस्रो स्थानमा रहेका दुवै टोलीको अंक समान १६/१६ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Nilkantha Na Pa
DHO Dengue
Dhading Hospital

धादिङ स्पेसल