धादिङ स्पेशल / नीलकण्ठ / राजनिति

गृहपृष्ठ धादिङ स्पेशल / नीलकण्ठ / राजनिति

एमाले धादिङले आज धादिङबेसीमा मदन-आश्रित स्मृति सभा गर्दै

एमाले धादिङले आज धादिङबेसीमा मदन-आश्रित स्मृति सभा गर्दै

धादिङ : नेकपा एमालेले आज मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवस मनाउँदैछ। एमालेले आज देशैभर मदन–आश्रित स्मृति सभा गर्दैछ ।

३१ औं मदन आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमाले धादिङले धादिङबेसी मदन आश्रित स्मृति सभाको आयोजना गरेको छ ।

सभालाई नेकपा एमालेका केन्द्रीय अनुसासन आयोगका अध्यक्ष केशव बडालले सम्बोधन गर्ने कार्यक्रम तय भएको एमाले धादिङले जनाएको छ ।

दिउँसो १२:३० बजे आयोजना गरिएको स्मृति सभामा धादिङका नेता कार्यकर्ता सहभागी रहनेछन् । देशभरकै कमिटीहरुले मदन भण्डारी र जिवराज आश्रितको स्मृतिमा विचारगोष्ठी, वृक्षरोपण, पुष्पमाला अर्पणलगायत गतिविधि गर्दैछ ।

Between Description 4

तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते आजकै दिन चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो।

हरेक वर्ष जेठ ३ गते एमालेले विभिन्न कार्यक्रम गरि मदन–आश्रित स्मृति दिवस मनाउँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल