अन्तर्राष्ट्रिय / खेलकुद

गृहपृष्ठ अन्तर्राष्ट्रिय / खेलकुद
Pageutter

इङ्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी शीर्ष स्थानमा फर्कियो

Nikantha Na Pa
इङ्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी शीर्ष स्थानमा फर्कियो

काठमाडौं : इङ्लिस प्रिमियर लिगमा  फुलह्याममाथि सहज जित निकाल्दै म्यान्चेस्टर सिटीलेको शीर्ष स्थानमा फर्किएको छ। क्रेभेन कुटीजमा गएराति सम्पन्न खेलमा सिटीले घरेलु टोली फुलह्यामलाई ४–० गोल अन्तले पराजित गरेको हो। 

सिटीको जितमा जोस्को ग्वार्डियोलले २ गोल गरे। यस्तै, फिल फोडेन र जुलियन अल्भारेजको नाममा १/१ गोल रह्यो। पहिलो हाफमा १–० को अग्रता बनाएको सिटीले दोस्रो हाफमा थप ३ गोल गर्‍यो। ५९औँ मिनेटमा बर्नार्डो सिल्भाको पासमा फोडेले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए।

दोस्रो हाफको पाँचौँ मिनेटमा फुलह्याम १० खेलाडीमा सिमित भयो।​ इस्सा डिओपले डिबक्स भित्र सिटीका खेलाडीलाई फउल गरेपछि दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिए। 

Sahid Memorial
Pageutter
Pageutter

जितसँगै लिग लिडर बनेको सिटीले ३६ खेलबाट ८५ अंक जोडेको छ।  समान खेल खेलेको आर्सनल ८३ अंकसहित दोस्रो र लिभरपुल ७८ अंकसहित तेस्रो स्थानमा रहेको छ।  पराजित फुलह्याम भने ३७ खेलबाट ४४ अंकसहित १४औँ स्थानमा छ। 

Between Description 4

गएराति नै भएका अन्य खेलमा चेल्सीले नटिङ्घम फरेस्टलाई ३–२ ले हरायो। यस्तै  टोटनहम हटस्परले बर्नलीविरुद्ध २-१ को जित निकाल्दा बर्नमाउथ ब्रेन्टफर्डसँग पराजित भयो।

यस्तै क्रिष्टल प्यालेसले उल्भ्सलाई ३–१ ले हराउँदा वेष्टह्यामले लुटन टाउनलाई ३–१ ले नै पराजित गर्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Below Reaction 3
Below Related
Below Related 2
Below Related 2
Sahid Memorial
DHO Dengue

धादिङ स्पेसल

Below Dhading Special3