धादिङ स्पेशल / त्रिपुरासुन्दरी / गाउँ-समाज / स्वास्थ्य

गृहपृष्ठ धादिङ स्पेशल / त्रिपुरासुन्दरी / गाउँ-समाज / स्वास्थ्य

धादिङ सल्यानटारमा निशुल्क मुटु परिक्षण शिविर संचालन हुँदै

धादिङ सल्यानटारमा निशुल्क मुटु परिक्षण शिविर संचालन हुँदै

धादिङ : त्रिपुरासुन्दरी गाँउ पालिका वडा नं. २ स्थित सल्यानटार स्वास्थ्य केन्द्रमा यहि चैत्र १० गते शनिवार निःशुल्क मुटु जाँच शिविर हुने भएको छ ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठान जिल्ला शाखा धादिङ र त्रिपुरासुन्दरी गाउँपालिकाको आयोजनामा शिविर हुन लागेको हो ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठान बागमति प्रदेश र चितवन शाखाको संयोजन तथा चितवन मुटु अस्पतालको प्राविधिक सहयोगमा मुटुरोग विशेषज्ञ डा. शंकर लौडारीको नेतृत्वमा आउने चिकित्सक टोलीले शिविरमा BP जाँच, सुगर परिक्षण, ECG तथा ECO सेवाको साथै मुटुरोग सम्वन्धमा अन्तरक्रियात्मक सचेतना कार्यक्रम समेत संचालन हुनेछ ।

शिविरको प्रचार प्रसार र व्वस्थापनको लागि नेपाल हृदयरोग निवारण प्रतिष्ठान जिल्ला शाखा धादिङ र त्रिपुरासुन्दरी गाँउपालिका तथा सल्यानटार स्वास्थ्य केन्द विच आज वसेको संयुक्त वैठकले कार्य विभाजन गरेको छ भने सल्यान्टार स्वास्थ्य केन्द्रमा ECG मेशिन नभएकोले तत्काल खरिद गर्न गाउँपालिकाबाट रकम विनियोजन गरि स्वास्थ्य केन्द्रलाई जिम्मा दिएको नेपाल हृदयरोग निवारण प्रतिष्ठान जिल्ला शाखा धादिङका सभापति राजकुमार श्रेष्ठले वताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
20 %
WOW
20 %
 Like
0 %
Laugh
10 %
Sad
20 %
Angry
30 %
Below Reaction
DHO Dengue
Dhading Hospital

धादिङ स्पेसल