Weather : 8.5° Celsius Kathmandu
धादिङ : धादिङमा दादुरा–रुबेलाविरुद्धको खोप अभियान सम्पन्न भएको छ । धादिङमा १९ हजार ६ सय भन्दा बढि बालबालिकाले दादुरा–रुबेलाविरुद्धको खोप लगाएका छन् ।
फागुन १३ गतेदेखि सुरु भएको अभियान आईतबार सकिएकोे हो । धादिङमा दुई चरणमा खोप अभियान सञ्चालन गरिएको थियो ।
पहिलो चरणमा सञ्चालन गरिएको धुनिबेसी नगरपालिका, खानियाबास, गंगाजमुना, त्रिपुरासुन्दरी, गजुरी, गल्छी, बेनिघाट रोराङ र थाक्रे गाउँपालिका गरी कुल १३ हजार ७४ जना बालबालिकाले खोप सेवा प्राप्त गरेका छन् ।
यस्तै दोस्रो चरणमा निलकण्ठ नगरपालिका, ज्वालामुखी, सिद्धलेक र नेत्रावती डबजोङ गाउँपालिका गरी कुल ६ हजार ६ सय १ जना बालबालिकाले खोप लगाएका छन् ।
यो सँगै जिल्लामा अभियान अन्तरगत ८८ दशमलब ५ प्रतिशत अर्थात् १९ हजार ६ सय ७५ बालबालिकाले खोप लगाएका छन् ।स्वास्थ्य कार्यालय धादिङले अभियानमा जिल्लाका २२ हजार २ सय ३९ बालबालिकालाई खोप लगाउने लक्ष्य राखेको थियो ।
स्थानिय तहमा आरसिएम गरि खोप छुट भएका बाल–बालिका भेटिएमा आजदेखि चैत्र १ गतेसम्म खोप लगाउने व्यवस्था भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
दादुरा–रुबेलाविरुद्धको खोप अभियानअन्तर्गत सरकारले देशभरका २४ जिल्लामा सञ्चालन गरेको थियो । अहिलेसम्म झण्डै ६६ प्रतिशत अर्थात् ३७ लाख ९२ हजार ४ सय ६८ बालबालिकाले खोप लगाइसकेका छन् ।
हेर्नुहोस् खोपको सम्पूर्ण विवरण :