धादिङ स्पेशल / नीलकण्ठ / नेपाल / दुर्घटना

गृहपृष्ठ धादिङ स्पेशल / नीलकण्ठ / नेपाल / दुर्घटना

खाल्टे दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या २ पुग्याे, घाइतेलाइ हेलिकप्टरमा काठमाडौं पठाइयो

खाल्टे दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या २ पुग्याे, घाइतेलाइ हेलिकप्टरमा काठमाडौं पठाइयो

धादिङ ः नीलकण्ठ नगरपालिका वडा नं ५ खाल्टेमा मल बोकेको आइचर ट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २ पुगेको छ ।

घटनास्थलमा नै एक जनाको बालकको मृत्यु भएको थियो भने अर्का एक घाइतेको उपचारको क्रममा जिल्ला अस्पताल धादिङमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

गम्भीर घाइते भएका ६ जनालाइ नेपाली सेनाको हेलिकप्टरबाट थप उपचारको लागि काठमाडौं स्थित ट्रमा सेन्टरमा पठाइएको छ । 
 

आइतबार विहान १० बजेतिर बा २ ख ८९४७ नम्बरको ट्रक खाल्टेको पिमलखोला नजिकै पालपाली टोलमा दुर्घटनामा परेको थियो । खेतमा हाल्नका लागि लैजादै गरेको गोठेमल बोकेको टकमा स्थानीय बालबालिकाहरुपनि चढेका थिए ।

दुर्घटनामा एकैपरिवारका ५ जना समेत परेका छन् ।

दुर्घटना भए लगत्तै प्रहरी र एम्बुलेन्स घटनास्थल पुगेर स्थानीयको सहयोगमा घाइतेहरुको उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल ल्याएको थियो ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
100 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Nilkantha Na Pa
DHO Dengue
Dhading Hospital

धादिङ स्पेसल