आर्थिक / नेपाल

गृहपृष्ठ आर्थिक / नेपाल

मुलुकको ब्यापार घाटा १५ खर्ब ७७ अर्ब, संशोधित बजेटभन्दा ठूलो

मुलुकको ब्यापार घाटा १५ खर्ब ७७ अर्ब, संशोधित बजेटभन्दा ठूलो

काठमाडौँ : चालु आर्थिक वर्षको ११ महिनामा मुलुकको ब्यापार घाटा १५ खर्ब ७७ अर्ब पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यो ब्यापार घाटा गत वर्षको यसै अवधिको तुलनामा २५ प्रतिशत बढी हो । 

अर्थात ११ महिनाको मुलुकको ब्यापार घाटा संशोधित बजेटभन्दा ठूलो हो । सरकारले चालु आर्थिक वर्षको बजेट संशोधन गर्दै १४ खर्ब ४७ अर्ब खर्च हुने अनुमान गरेको छ । 

साउनदेखि जेठ मसान्तसम्मको ११ महिना अवधिमा मुलुकले कुल १७ खर्ब ६३ अर्ब २२ करोड रुपैयाँको वस्तु आयात गरेको छ । सोही अवधिमा १ खर्ब ८५ अर्ब ८३ करोड रुपैयाँको वस्तु निर्यात भएको छ ।

 

मुलुकको वस्तु आयात गत वर्षको सोही अवधिको तुलनामा २७.५ प्रतिशतले बढी हो भने निर्यात ५३.३ प्रतिशत बढी हो ।  कच्चा पाम र सोयाबिन तेल आयात भई देशभित्र प्रशोधन गरी निर्यात गरिँदा त्यसले सानो आकारको निर्यातलाई प्रतिशतमा ठूलो प्रभाव पाऱ्यो, जसले गर्दा निर्यात वृद्धिदर राम्रो देखिए पनि यसले ब्यापार घाटा न्यून गर्न मद्दत गरेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Nilkantha Na Pa
DHO Dengue
Dhading Hospital

धादिङ स्पेसल