आर्थिक / गाउँ-समाज

गृहपृष्ठ आर्थिक / गाउँ-समाज

एनसेलले प्राधिकरणलाई बुझायो सेयर खरिद सम्झौता

एनसेलले प्राधिकरणलाई बुझायो सेयर खरिद सम्झौता

काठमाडौं : एनसेल आजियाटा लिमिटेडले एनसेलमा रहेको ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गर्न गरेको ‘सेयर खरिद सम्झौता’को दस्तावेज एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणमा बुझाएको छ । 

एनसेलले बुधवार खरिद बिक्रीसम्बन्धी कागजात प्राधिकरणलाई बुझाएको प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । कागजात प्राप्त भएको छ, त्यसमा के छ भन्नेबारे अब प्राधिकरणले अध्ययन गर्छ ।

गएको २९ सेप्टेम्बर २०२० (१२ असोज २०८०) मा आजियाटाको बोर्डले एनसेलबाट बाहिरिने निर्णय गरेको थियो । तर, त्यसबारे कम्पनीले कुनै पनि जानकारी दिएको थिएन । १३ मंसिर (२९ नोभेम्बर) मा आजियाटाले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दा उसले एनसेलको सेयर बिक्रीमा राखेको विषय बाहिरिएको थियो ।

त्यसको दुई दिनपछि १५ मंसिरमै आजियाटा र बेलायतमा दर्ता भएको सतिशलाल आचार्य सञ्चालक रहेको स्पेक्ट्रलाइट यूकेबीच सेयर खरिद बिक्री भएको जानकारी आजियाटाले गराएको थियो ।

स्पेक्ट्रलाइटले एनसेलमा ८० प्रतिशत लगानी रहेको रेनोल्ड्स होल्डिङको शतप्रतिशत सेयर किन्ने सम्झौता भएको छ । एनसेलले बुधवार यही खरिद बिक्रीसम्बन्धी सम्झौताका कागजात दूरसञ्चार प्राधिकरणलाई बुझाएको जानकारी दिएको छ ।

आजियाटाले ८ वर्षअघि १ खर्ब ४३ अर्ब रुपैयाँमा किनेको एनसेलको ८० प्रतिशत सेयर आचार्यको कम्पनीलाई ६ अर्ब ६५ करोडमा विक्री गरेको जनाएपछि यो कारोबारलाई शंकास्पद रुपमा हेरिँदै आएको छ । यस विषयको छानबिन तथा न्यायनिरुपणमा सरकार, संसद तथा न्यायपालिका गरी राज्यका तीनवटै अंग सक्रिय भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Nilkantha Na Pa
DHO Dengue
Dhading Hospital

धादिङ स्पेसल