नेपाल / गाउँ-समाज

गृहपृष्ठ नेपाल / गाउँ-समाज

आज राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

Nikantha Na Pa
आज राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै

काठमाण्डौ : आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २००७ साल फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भइ प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो।

फागुन ७ गतेकै जगमा टेकेर २०४६ सालको चैत २६ गते प्रजातन्त्र पुनःस्थापना भएको थियो । यसैको जगमा २०६३ साल वैशाख ११ गते लोकतन्त्र प्राप्त भएको थियो ।

यसै पृष्ठभूमिमा २०६५ सालको जेठ १५ गते पहिलो संविधानसभाले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देशको रुपमा स्थापित गरेको छ ।

दोस्रो संविधानसभाले २०७२ सालको असोज ३ गते संविधान घोषणा गरी कार्यान्वयन भएको छ । सबै परिवर्तनको जग फागुन ७ गतेको प्रजातन्त्र दिवस भएकाले पनि यसलाई विशेषरुपमा मनाउने गरिन्छ ।

Between Description 4

प्रजातन्त्रकै जगमा देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि अझै नागरिकले भने र खोजेजस्तो नभएको भन्दै गुनासा र असन्तुष्टि बढिरहेका छन् । तर प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै भएकाले नागरिकलाई केन्द्रमा राखेर काम गर्न सरकार र दलहरुमाथि दबाब बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Sahid Memorial

धादिङ स्पेसल