खेलकुद / गाउँ-समाज

गृहपृष्ठ खेलकुद / गाउँ-समाज

सन्दीप लामिछानेको मुद्दामा पीडितको जन्मदर्ताको निवेदन झिकाउन उच्च अदालत पाटनको आदेश

Nikantha Na Pa
सन्दीप लामिछानेको मुद्दामा पीडितको जन्मदर्ताको निवेदन झिकाउन उच्च अदालत पाटनको आदेश

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा पीडितको जन्मदर्तासम्बन्धी कागजात झिकाउन उच्च अदालत पाटनले आदेश दिएको छ।

न्यायाधीशद्वय दुर्गाप्रसाद ढुंगेल र मुनेन्द्र प्रसाद अवस्थीको इजलासले लामिछानेविरुद्धको बलात्कार मुद्दामा पीडितको जन्मदर्तासम्बन्धी सक्कल प्रति झिकाउन आदेश दिएको हो।

परिवर्तित नाम गौशाला २६ (६) (१) ले जन्म मिति २०६२।०२।१८ राखी जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि माग गरेकाले मिति २०७९।०३।१४ मा जन्मदर्ताको प्रतिलिपि जारी गरेको भनी जवाफ प्राप्त भएको देखिएको हुँदा निजले उक्त जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि प्राप्त गर्नको लागि दिएको निवेदनको सक्कलै प्रति एवम् च.नं.७१२, मिति २०८०।०२।०९ को पत्रसाथ संलग्न भएको भनिएको मिति २०७५।०९।१८ मा जारी गरिएको जन्मदर्ता प्रमाणपत्रको स्पष्ट बुझिने प्रति तादी गाउँपालिका वडा नं. २ को कार्यालयबाट अबिलम्व माग गरी नियमानुसार पेस गर्नुहोला,आदेशमा भनिएको छ। 

Between Description 4

काठमाडौं जिल्ला अदालतले गत पुस २५ गते बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गर्दै ८ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्तिस्वरुप पाँच लाख भराउने फैसला सुनाएको थियो। लामिछानेले सो फैसला बदर हुनुपर्ने उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दर्ता गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Below Reaction 3
Below Related
Sahid Memorial

धादिङ स्पेसल