धादिङ स्पेशल / नीलकण्ठ / शिक्षा / नेपाल

गृहपृष्ठ धादिङ स्पेशल / नीलकण्ठ / शिक्षा / नेपाल

विद्यालयको लापरबाहीले आयुस भट्ट ४ जिपिएबाट बञ्चित, २४ विद्यार्थीको जीपीए घटुवा

Nikantha Na Pa
विद्यालयको लापरबाहीले आयुस भट्ट ४ जिपिएबाट बञ्चित, २४ विद्यार्थीको जीपीए घटुवा

धादिङ : धादिङको नीलकण्ठ नगरपालिका–३ धादिङबेसीस्थित नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालयको लापरबाहीले एसईईमा २४ जना विद्यार्थीको ग्रेड घटुवा भएको छ ।

कम्प्युटर विषयको प्रयोगात्मक प्राप्ताङ्क परीक्षणमा विद्यालय प्रशासन र विषय शिक्षकले गम्भीर लापरबाही गरेको कारण ती परीक्षार्थीको ग्रेड घटुवा भएको हो । यसले छात्रवृत्ति र उत्कृष्ट शिक्षालयमा पढ्न पाउने अवसरसमेत गुमाउनुपर्ने अवस्था सिर्जना भएको छ ।

नीलकण्ठ नगरपालिका–३ पहरेचौताराका आयुस भट्ट,जो विद्यालयका सबैभन्दा उत्कृष्ट विद्यार्थीमध्ये एक थिए,विषय शिक्षक र प्रधानाध्यापकको लापरबाहीले  सबैभन्दा ठूलो पीडित बनेका छन् । एसईईको नतिजा सार्वजनिक हुँदा शुरुमा ३ दशमलव ९ जिपिए देखिएपछि उनी र उनको परिवार खुशी भए । तर ग्रेडसिट हेर्दा झसङ्ग पार्ने तथ्य बाहिर आयो । सबै विषयमा ए प्लस ल्याएका भट्टको कम्प्युटर विषयको प्रयोगात्मकतर्फ सी प्लस मात्र आएको थियो, जुन अकल्पनीय बन्यो । 

सैद्धान्तिकतर्फ ए प्लस ल्याएका भट्टले प्रयोगात्मकमा ए मात्र आए पनि समग्रमा ४ जिपिए हुन आउछ । तर, विद्यालयले प्रयोगात्मकतर्फ ५० पूर्णाङ्कको सट्टा २५ पूर्णाङ्कमै मुल्याङ्कन गरेर परीक्षा बोर्डमा पठाएको खुलेको छ । यसै कारण कम्प्युटर विषय लिएका २४ जना सबै विद्यार्थीको प्रयोगात्मकमा सी प्लस वा सी ग्रेड मात्र आएको छ । यसैका कारण सिम्बोल नम्बर ०२६०००८७ ‘आई’ भएका आयुष भट्ट ४ जिपिए पाउनबाट बञ्चित भएका हुन् भने अन्य २३ जनाको ग्रेड घटेर आएको छ ।

यस घटनाले विद्यार्थीका अभिभावकहरू आक्रोशित बनेका छन् । ‘छोरा आयुसले प्रत्येक परीक्षा राम्रो दिएको थियो, तर प्रयोगात्मकमा विद्यालयकै लापरवाहीले उसको नाममा बन्ने रेकर्ड गुम्यो’, आयुषका आमा मुनादेवी पाठक भन्छिन् –‘विषय शिक्षकले प्रयोगात्मकको पूर्णाङ्क नै थाहा नपाउनु र प्रधानाध्यापकले प्रमाणीकरण गर्दा पनि त्यत्ति सामान्य कुरामा ध्यान नदिनु गम्भीर लापरबाही हो ।’, 

यो त्रुटिको जड विद्यालय प्रशासन र विषय शिक्षक दुवैमा देखिन्छ । सामान्यतः विषय शिक्षकले प्रयोगात्मक प्राप्ताङ्क तयार गरेर विद्यालय प्रशासनमा बुझाउने र त्यसलाई प्रधानाध्यापकले प्रमाणीकरण गरी परीक्षा बोर्डमा पठाउने प्रक्रिया हुन्छ । तर न त विषय शिक्षकले जिम्मेवारीपूर्वक अंक दिए, न विद्यालय प्रशासनले त्यसको प्रमाणीकरणमा ध्यान दिन सक्यो । यसको प्रत्यक्ष असर अबोध विद्यार्थीले भोग्नु परेको छ ।

कम्प्युटर विषय पढाउने शिक्षक प्रकास श्रेष्ठ शैक्षिक सत्रको मध्यतिर मात्र नियुक्त भएका थिए । प्रारम्भमा अध्यापन गराइरहेका शिक्षक राजकुमार श्रेष्ठ अन्यत्र गएपछि प्रकाश श्रेष्ठले उक्त विषय अध्यापन थालेका थिए । तर, नयाँ शिक्षकले पनि विषयको मुल्याङ्कन प्रणालीबारे आवश्यक जानकारी नलिनु र प्रशासनको समेत ध्यान नपुग्नु दुःखद हो । 

Between Description 4

विद्यालयका प्रधानाध्यापक ध्रुव अधिकारीले पनि विद्यालय र शिक्षकको तर्फबाट भएको गल्ती स्वीकार गरेका छन् । भएका कमजोरी सच्याएर विद्यार्थीको पुनरावलोकनको प्रकृया थालिएकोले छिट्टै जिपिए सुधार भएर आउने बताएका छन् । 

शिक्षक र विद्यालयको यस्तै लापरबाहीका कारण २४ जना विद्यार्थीको समग्र जिपिए घट्दा उनीहरूले छात्रवृत्तिबाट वञ्चित हुनु, राम्रो क्याम्पसमा निःशुल्क पढ्न नपाउनु, र भविष्यमा उच्च शिक्षा तथा प्रतिस्पर्धात्मक अवसरमा प्रतिकूल असर पर्ने निश्चितप्राय देखिएको छ । शिक्षा मन्त्रालय र परीक्षा नियन्त्रण कार्यालयले यस्ता घटनालाई गम्भीर रूपमा लिएर तत्काल पुनरावलोकन प्रक्रिया अघि बढाउनु आवश्यक भएको अभिभावकहरूको माग छ । 

नीलकण्ठमा यस्ता लापरबाही भएको यो पहिलो पटक होइन । विगतका वर्षहरुमा पनि शिक्षक र  विद्यालय प्रशासनकै लापरवाहीले प्रयोगात्मक परीक्षामा नम्बर दिने क्रममा त्रुटि हुँदा विद्यार्थीहरु चार जिपिए पाउनबाट बञ्चित हुनु परेको अभिभावकहरुले गुनासो गरेका थिए ।

यस्ता घटनाले विद्यालय प्रशासन र शिक्षक दुवैको जिम्मेवारीमा प्रश्न खडा गरेको छ । विषय शिक्षकले आफुले पढाएको विषयको पूर्णाङ्क नबुझ्नु, विद्यालय प्रशासनले त्यसको प्रमाणिकरण  नगर्नु गम्भीर लापरवाहीको नमूना हो । शिक्षा क्षेत्रको सुधार, विद्यार्थीको भविष्य सुरक्षाका लागि विद्यालय प्रशासनको जिम्मेवारी अझ मजबुत बनाइनुपर्ने आवश्यकता यो घटनाले औंल्याएको छ ।

पत्रकार शंकर श्रेष्ठले लेख्नुभएको यो समाचार हामीले जनआस्थाबाट साभार गरेका हौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Below Reaction 3
Below Related
Sahid Memorial

धादिङ स्पेसल