धादिङ स्पेशल / नीलकण्ठ / नेपाल / स्वास्थ्य

गृहपृष्ठ धादिङ स्पेशल / नीलकण्ठ / नेपाल / स्वास्थ्य

धादिङ अस्पतालमा २ नयाँ हेमाेडायलासिस मेसिन थप, बिरामीलाई राहत हुने आशा

Nikantha Na Pa
धादिङ अस्पतालमा २ नयाँ हेमाेडायलासिस मेसिन थप, बिरामीलाई राहत हुने आशा

 

धादिङ : मृगौला पीडित बिरामीका लागि धादिङ अस्पतालले हेमाेडायलासिस सेवा विस्तार गर्ने तयारी गरेको छ। पछिल्लो समय डायलासिस मेसिन बिग्रिएर सेवा प्रभावित भएको अवस्थामा बागमती प्रदेश सरकारले नयाँ दुईवटा मेसिन उपलब्ध गराएसँगै अस्पतालले सेवा विस्तारको अन्तिम तयारी गरिरहेको छ।

धादिङ अस्पतालले २०७९  साउन २६ गतेदेखि औपचारिक रूपमा हेमाेडायलासिस सेवा सुरु गरेको थियो। सेवा सञ्चालनको सुरुवातदेखि नै मृगौला समस्या भएका बिरामीहरूको ठूलो चाप भए पनि मेसिनको संख्या सीमित भएकाले सबैलाई सेवा दिन सकिएकाे  थिएन ।

हालसम्म अस्पतालमा पाँचवटा डायलासिस मेसिन जडान गरिएका थिए। तर तीमध्ये दुईवटा मेसिन लामो समयदेखि बिग्रिएको कारणले अस्पतालले केवल तीनवटामात्र मेसिनमार्फत नियमित सेवा दिँदै आएको थियो। यस्तो अवस्थामा धेरै बिरामी अन्य अस्पताल धाउन बाध्य भएका थिए।

धादिङ अस्पतालका निमित्त निर्देशक डा. गगन अधिकारीका अनुसार, “अहिले पनि २२ जना बिरामीले नियमित रूपमा डायलासिस सेवा लिइरहेका छन्। तर अझै २६ जना बिरामी सेवा पर्खिरहेका छन्, जसमा अधिकांशले काठमाडौं वा अन्य नजिकका जिल्लामा गएर उपचार गराइरहेका छन्।”

 

डा. अधिकारीका अनुसार, बागमती प्रदेश सरकारअन्तर्गतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट दुईवटा नयाँ हेमाेडायलासिस मेसिन प्राप्त भएको छ। यी मेसिनहरू असार १६ गतेदेखि सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले बताए।

Between Description 4

नयाँ मेसिन सञ्चालनमा आएपछि अहिले सेवा पर्खिरहेका कम्तीमा १० जना बिरामीले सेवा पाउने सम्भावना बढेकाे हाे ।

“हामीले अहिले भएका मेसिनहरूको मर्मतसमेत गराउँदैछौं,” डा. अधिकारीले भने, “नयाँ मेसिन थपिएसँगै सेवा विस्तार गर्न सहज हुनेछ, र बिरामीलाई समयमै डायलासिस सेवा दिन सकिनेछ।”

स्थानीय स्तरमै डायलासिस सेवा सहज रूपमा उपलब्ध हुँदा बिरामी र उनीहरूको परिवारलाई आर्थिक र भौतिक भार कम हुनेछ। विशेषगरी काठमाडौंजस्ता सहरहरूमा उपचारका लागि जानुपर्ने झन्झट हट्ने अस्पताल प्रशासनको विश्वास छ।

धादिङ जिल्ला भौगोलिक रूपमा विकट क्षेत्र हो जहाँ स्वास्थ्य सेवा पहुँच पुर्‍याउन चुनौतीपूर्ण मानिन्छ। यस्तो अवस्थामा जिल्लामै गुणस्तरीय डायलासिस सेवा उपलब्ध हुनु रोगीहरूका लागि वरदान सावित हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Below Reaction 3
Below Related
Sahid Memorial

धादिङ स्पेसल