Weather : 20.12° Celsius Kathmandu
धादिङ : धादिङको सदरमुकाम धादिङबेसीमा जारी प्रथम सुमन स्मृति कपको उपाधि मित्र युवा क्लव (M.Y.C) ले जितेको छ ।
धादिङ जिल्लाकै सर्वाधिक पुरस्कार राशी रहेको उक्त प्रतियोगीतामा आयोजक टिमलाई पराजित गर्दै M.Y.C ले उपाधीमा कब्जा जमाएको हो । धादिङ फुटबल क्लव (D.F.C.) लाई २–० गोलले पराजित गर्दै M.Y.C.ले उपाधि जितेको हो ।
शुक्रबार भएको सेमीफाईनल खेलमा सेभेन हर्सलाई पराजित गर्दै M.Y.C र पेनाल्टी सुटआउटमा शिवदल गणलाई पराजित गर्दै D.F.C फाइलन प्रवेश गरेको थियो ।
शनिबार भएको फाइनल खेलमा खेल सुरु भएको केही मिनेटमै गोल गर्न सफल M.Y.C. दोश्रो हाफमा पनि फेरी गोल थप्दै उपाधि सुरक्षित ग¥यो ।
खेल सुरु हुनेबेलामा हल्का वर्षा भयो । दुुबै क्लवका खेलाडी मैदान चिप्लो भएका कारण अल्मलिएका थिए । त्यतिनै बेला M.Y.C का खेलाडीले गोल हान्ने मौका पाए । तर, D.F.C खेलको अन्तिम समयसम्म पनि लय समाउन नसक्दा पराजित हुन पुग्यो ।
उपाधि विजेता M.Y.C क्लवका खेलाडीलाई एक लाख ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै उपविजेता D.F.C लाई ७५ हजार र तृतिय हुने शिवदल गण र सेभेन हर्सका खेलाडीलाई २५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
त्यस्तै उत्कृष्ट प्रशिक्षक M.Y.C का सञ्जय सापकोटा ‘मित्र’, उत्कृष्ट खेलाडी M.Y. C कै अनिल राना मगर, उत्कृष्ट गोल किपर M.Y.C का सफल खत्री, उच्च गोलकर्ता शिवदल गणका सरोज श्रेष्ठ र उदयमान खेलाडी D.F.C का समिर गुरुङ घाेषित भए । उनीहरुलाई नगद पाँच हजार सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।
धादिङका फुटबल खेलाडी सुमन श्रेष्ठको २०७९ सालमा अल्पायुमै अप्रत्याशित निधन भएको थियो । सुमनको सम्झना र सम्मानमा धादिङ फुटवल क्लवले प्रतियोगीताको आयोजना गरिएको अध्यक्ष भण्डारीले जानकारी दिए ।
उच्च गोलकर्ता आर्मी (शिवदल गण)का सरोज श्रेष्ठ
उत्कृष्ट गोलरक्षक M.Y.C का सफल खत्री
उदयीमान खेलाडी DFC का समिर गुरुङ
प्रतियोगीताको उत्कृष्ट खेलाडी अनिल राना मगर
उत्कृष्ट प्रशिक्षक M.Y.C का सञ्जय सापकोटा