Weather : 20.12° Celsius Kathmandu
धादिङ : प्रथम सुमन स्मृति कप फुटवल प्रतियोगीता सुरु भएको छ । ६ दिनसम्म चल्ने उक्त फुटवल प्रतियोगीता बागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जनले उद्घाटन गरेका हुन् ।
धादिङ फुटवल क्लव (डिएफसी) को आयोजना सुरु भएको प्रतियोगीतामा २२ टिम सहभागी भएका छन् । प्रतियोगीता उद्घाटनको दिन चार खेल सम्पन्न भएको छ ।
जसअन्तरगत नेपाली सेनाको शिवदल गणको टिमले लोजोङ गुम्वाको टिमलाई फराकिलो गोलअन्तरले पराजित गर्दै अर्को चरणमा स्थान बनाएको छ । त्यस्तै नीलकण्ठ ७ को सुनौलो भिजन युवा क्लवले नीलकण्ठ १० को कुमारीदेवी युवा क्लवलाई पराजित गरेको छ ।
त्यस्तै नुवाकोट दुप्चेबाट सहभागी भएको टिम ए र टिम बी एक आपसमा भिड्दा समुह ए विजयी भएको छ । त्यसैगरी सोमबारको अन्तिम खेलमा ज्वालामुखी युवा समाजले धादिङ फुटवल क्लवको बी टिमलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ ।
प्रतियोगीताको बिजेता टिमले १ लाख ७५ हजार रुपैया पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार रुपैया पाउनेछ । सेमिफाइनल पुग्ने दुइ टिमलाई सान्त्वना पुरस्कार स्वरुप २५ २५ हजार प्रदान गरिने धादिङ फुटवल क्लवका अध्यक्ष गोपीकृष्ण भण्डारीले जानकारी दिए ।
प्रतियाेगीतामा मगलबार ५ खेलहरु हुनेछन् । जसमा सिङगङ एकता समाज र मधुबन युबा क्लब विहान ७:३० बजे, गजुरी समाज गजुरी र M.Y.C विहान ९:०० बजे, नागिनिथान र पत्रकार माहासंघ अपरान्ह १२:३० बजे, कुमाल समाज र J.Y.C माने २:३० बजे तथा धदिङ प्रेस डट कम र शिवदल गण बेलुकी ४:०० बजे हुनेछ ।
फुटबल प्रतियाेगिता सुरुहुनु अघि सुमन स्मृति कप खुल्ला दाैड प्रतियाेगिता भएकाे थियाे । ४४ जना धावकहरु सहभागी प्रतियाेगितामा राम्जी बस्नेत लमजुङ प्रथम, गणेशसिंह रावत बैतडी द्वितीय र नरेन्द्रसिंह रावत बैतडी तृतीय भएका थिए ।
धादिङ फुटबल क्लव (डिएफसी) ले आयाेजना गरेकाे यस प्रतियाेगितामा धादिङबेसी खुल्लामञ्च देखि ससाह र ससाह देखि पुन: खुल्लामञ्चकाे दुरी लमजुङका बस्नेतले २८ मिनेट २९ सेकेन्डमा, बैतडीका गणेशसिंहले २८ मिनेट ४१ सेकेन्डमा र बैतडी कै नरेन्द्रसिंहले २८ मिनेट ५५ सेकेन्डमा पूरा गरेका थिए । उनीहरु तीनै जना विभागीय टाेली आर्मीका खेलाडी हुन् ।
विजेतालाई कार्यक्रमका प्रमुख अथिति प्रदेश खेलकुद मन्त्री मिनकृष्ण महर्जन, नगर प्रमुख भीम प्रसाद ढुङ्गानाले पुरस्कार वितरण गरेका थिए । दाैडमा प्रथमलाई २५ हजार, द्वितीयलाई १५ हजार र सान्त्वनालाई १० हजार नगद प्रदान गरिएकाे थियाे ।
धादिङवेशीका उदाउँदो फुटवल खेलाडी सुमन श्रेष्ठको सम्झना र सम्मानमा धादिङ फुटवल क्लवले दाैड तथा फुटवल प्रतियोगीताको आयोजना गरेको हो । सुमनको २०७९ सालमा अल्पायुमै अप्रत्याशित निधन भएको थियो ।