धादिङ स्पेशल / नीलकण्ठ / नेपाल / गाउँ-समाज

गृहपृष्ठ धादिङ स्पेशल / नीलकण्ठ / नेपाल / गाउँ-समाज

रोटरी क्लब अफ धादिङद्वारा ‘रोटरी चौतारो’ निर्माण गरी समुदायलाई हस्तान्तरण

Nikantha Na Pa
रोटरी क्लब अफ धादिङद्वारा ‘रोटरी चौतारो’ निर्माण गरी समुदायलाई हस्तान्तरण

धादिङ : समाजसेवामा निरन्तर अग्रसर रोटरी क्लब अफ धादिङले नीलकण्ठ नगरपालिका–१२ मा निर्माण सम्पन्न गरेको ‘रोटरी चौतारो’ एक औपचारिक कार्यक्रमका बीच समुदायलाई हस्तान्तरण गरेको छ।

स्थानीय बस्तीको आवश्यकता र सुविधालाई मध्यनजर गर्दै पुनर्निर्माण गरिएको उक्त चौतारोको समुद्घाटन तथा हस्तान्तरण कार्यक्रम नीलकण्ठ नगरपालिकाका नगरप्रमुख भीम प्रसाद ढुंगानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै मेयर ढुंगानाले रोटरी क्लब अफ धादिङले जिल्लामा गर्दै आएका सामाजिक कार्यहरूको उच्च प्रशंसा गर्दै आगामी दिनमा यस्ता समाजोपयोगी कार्यक्रमहरूमा स्थानीय सरकार सधैँ सहकार्य गर्न तत्पर रहने प्रतिबद्धता व्यक्त गरे।

“रोटरी क्लबले समुदायको विकासमा देखाएको सक्रियता प्रेरणादायी छ। यस्तो चौतारो जस्ता संरचनाहरूले सामाजिक समृद्धिमा प्रत्यक्ष भूमिका खेल्छन्,” मेयर ढुंगानाले भने।

रोटरी क्लब अफ धादिङका अध्यक्ष सुदीप रसाइलीका अनुसार उक्त चौतारो ‘सपना परियोजना’ अन्तर्गत स्थानीय सरकार र क्लब सदस्यहरूको संयुक्त पहलमा निर्माण गरिएको हो। उनका अनुसार, विगतमा क्षतिग्रस्त अवस्थामा रहेको चौतारोलाई नयाँ ढाँचामा पुनःनिर्माण गरी स्थानीयको सेवा उपयोगमा ल्याइएको हो।

Between Description 4

“हामीले यस चौतारोलाई केवल संरचना मात्र नभई सामुदायिक मेलमिलाप, संवाद र विश्रामको साझा स्थलको रूपमा विकास गर्ने उद्देश्य राखेका छौँ,” अध्यक्ष रसाइलीले बताए।

स्थानियवासीहरूले पनि चौतारो पुनर्निर्माणप्रति खुशी व्यक्त गर्दै रोटरी क्लबलाई धन्यवाद दिएका छन्।

कार्यक्रममा क्लबका पदाधिकारीहरू, स्थानीय जनप्रतिनिधि, समाजसेवी, युवाहरू तथा पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

रोटरी क्लब अफ धादिङले यसअघि पनि शैक्षिक सामग्री वितरण, स्वास्थ्य शिविर सञ्चालन, सरसफाइ अभियान, खानेपानी तथा सरसफाइ पूर्वाधार निर्माणजस्ता विविध कार्यमार्फत समाजमा सकारात्मक योगदान दिँदै आएको छ।

यस परियोजनाबाट स्थानीयहरूबीच आपसी सम्बन्ध मजबुत हुने, सामाजिक छलफल र मेलमिलापको वातावरण बन्ने विश्वास लिइएको छ। रोटरी क्लबले यस्ता परियोजनाहरूलाई भविष्यमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Below Reaction 3
Below Related
Sahid Memorial

धादिङ स्पेसल