धादिङ स्पेशल / शिक्षा / नेपाल

गृहपृष्ठ धादिङ स्पेशल / शिक्षा / नेपाल

गुणस्तरीय शिक्षाका लागि नमूना कक्षा, सहशिक्षण र अन्तरक्रिया गर्दै शिक्षा विकास तथा समन्वय इकाई

Nikantha Na Pa
गुणस्तरीय शिक्षाका लागि नमूना कक्षा, सहशिक्षण र अन्तरक्रिया गर्दै शिक्षा विकास तथा समन्वय इकाई

धादिङ : जिल्लाभरका विद्यालयहरूमा शिक्षा विकास तथा समन्वय इकाइ धादिङले विद्यालय सुपरिवेक्षण तथा शिक्षकको विषयगत शिक्षणलाई प्रभावकारी बनाउन अनुगमन, सुपरीवेक्षण तथा सहशिक्षण कार्यक्रम सुरु गरेको छ ।

कार्यक्रम अन्तरगत अनुगमन गरिएको विद्यालयमा विज्ञटोलीले सहशिक्षण गरेका छन् ।

टोलीले धुनिबेसी नगरपालिका वडा नम्बर ९ मा अवस्थित डिल्ली सावित्रि माध्यमिक विद्यालयमा हालै सम्पन्न अनुुगमनको क्रममा कक्षा १० मा गणित विषय पढाइरहेकी शिक्षिका गीता सिंखडाको कक्षा अवलोकन गर्यो ।

४५ मिनेटको पिरियडमा शिक्षण प्रक्रिया अवलोकन गर्ने क्रममा अनुुगमन टोलीका गणित विषयका विज्ञ सुजन भण्डारीले पनि शिक्षिका सिंखडासँग सहशिक्षण गर्दै पढाए । स्थानीय रुपमा उपलब्ध शैक्षिक सामाग्रीको प्रयोग गरेर सहज ढंगले पढाउने विधि प्रस्तुत गरिएको थियो ।

शिक्षक र विज्ञ टोलीबाट आधा आधा पाठ पढाइसकेपछि विद्यालय व्यवस्थापन समिति अध्यक्ष, वडा अध्यक्ष, शिक्षकहरू र अनुुगमन टोलीबीच अन्तरक्रिया कार्य गरियो । कार्यक्रममा शिक्षकहरूले आफ्ना शिक्षण शैलीमा सुधार गर्ने, पाठ योजना बनाएर अध्यापन गर्ने, शैक्षिक सामग्री प्रयोग गर्ने प्रतिबद्धता जनाए।

गणित विषयका विज्ञ तथा जाइका परियोजनाका जिल्ला संयोजक नवराज पाठकले शिक्षकहरूको पठनशैली, विद्यार्थीको सिकाइ प्रक्रिया र सहजीकरणको महत्वका बारेमा स्पष्ट पृष्ठपोषण दिए । शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख भुमिलाल शर्मा सुवेदीका अनुसार जिल्लाका १७ विद्यालयमा दुई चरणमा अनुुगमन कार्यक्रम सम्पन्न भइसकेको छ ।

Between Description 4

पहिलो चरणमा नेत्रावती डबजोङ, ज्वालामूखी, सिद्धलेक र बेनिघाट रोराङ गाउँपालिकाका १२ विद्यालयमा कक्षा अवलोकन, नमूना पाठ प्रदर्शन र अन्तरक्रिया कार्यक्रम गरिएको थियो । दोश्रो चरणमा गल्छी, धुनिबेसी र नीलकण्ठ नगरपालिकाका पाँच विद्यालयमा यस्तै कार्यक्रम सम्पन्न गरियो ।

अनुुगमन टोलीमा गणित, विज्ञान र अंग्रेजी विषयका विज्ञहरू, शिक्षा अधिकृतहरू र स्थानीय निकायका प्रतिनिधिहरू सहभागी थिए। कक्षा अवलोकनको क्रममा शिक्षण विधि, शैक्षिक सामग्री प्रयोग, विद्यार्थी अन्तरक्रिया, कमजोर विद्यार्थीको पहिचान, समूह कार्य, उपचारात्मक मूल्यांकन जस्ता विषयमा सूक्ष्म अवलोकन र सुझाव दिइएको थियो।

इकाईका सूचना अधिकारी चण्डिका मल्ल ठकुरीका अनुसार यस्तो अभ्यासले शिक्षकहरूलाई ऊर्जाशील बनाउने, शिक्षणशैलीमा सुधार ल्याउने र विद्यार्थीको सिकाइ उपलब्धीमा गुणात्मक वृद्धि गराउने विश्वास लिइएको छ। जिल्लामा शिक्षणशैलीमा सुधार र सिकाइको आदानप्रदानमार्फत समग्र शैक्षिक गुणस्तर वृद्धि हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Below Reaction 3
Below Related
Sahid Memorial

धादिङ स्पेसल