नीलकण्ठ / कृषि/सहकारी

गृहपृष्ठ नीलकण्ठ / कृषि/सहकारी

नीलकण्ठ नगरपालिकाद्वारा अनुदान सामाग्री वितरण

नीलकण्ठ नगरपालिकाद्वारा अनुदान सामाग्री वितरण

धादिङ वेशी : धादिङको नीलकण्ठ नगरपालिकाले किसानहरुका लागि विभिन्न प्रकारका अनुदानका सामाग्रीहरु वितरण गरेको छ । नगरपालिकाको पशुपन्क्षी बिकास शाखाले आ.व. २०७७।७८ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत ७५% अनुदानमा १२० वटा आधुनिक टाट्नो तथा ५०% अनुदानमा  ५९ वटा चाफकटर (घाँस काट्ने मेसिन) बितरण गरेको हो ।

वडाहरुमा सुचना प्रकाशित गरे पश्चात निवेदन संकलन गरि मागका आधारमा अनुदानका सामाग्रीहरु वितरण गरिएको पशुपन्क्षी बिकास शाखाका शाखा प्रमुख काशिराज रेग्मीले बताए । चालु आ.व. मा गाई भैंसीको लागि सुत्केरी भत्ता, मासु पसल सुधार कार्यक्रम अन्तर्गत ५०% अनुदानमा डिप फ्रीज वितरण, ४०% अनुदानमा मत्स्य पोखरी निर्माण लगायतका कार्यक्रमहरु सम्पन्न गरेको रेग्मीले जानकारी दिए । नगरपालिकाले ब्यवसायिक कृषक, उद्यमी, समूह, सहकारी, समितीहरुको लागी लक्षित गरि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेकोे पनि उनको भनाइ छ ।

प्रत्यक वर्ष नयाँ प्रकारका कार्यक्रमहरु सञ्चालन गर्दे आइरहेको नगरपालिकाले आगामी आ.व देखि प्रत्यक वडामा मासिक १ दिन  भेटेरिनरी क्लिनिक सेवा प्रदान गरिने शाखाका नायब पशु सेवा प्राबिधिक सुवास खतिवडाले बताए । हाल सञ्चालन भइरहेको पशुपन्क्षी बिमा कार्यक्रमलाई निरन्तरता दिँदै दलित, लक्षित बर्ग तथा अन्य एकल महिलाहरुको लागि समेत समेटिने गरि कार्यक्रमहरु सञ्चालन गरिने उनले जनाए । 

नगरपालिकाले ब्यवसायिक कृषक तथा उद्यमीहरुलाई सधैँ प्राथमिकतामा राख्ने गरेकाले उत्कृष्ट उद्यमी तथा व्यवसायीहरुको लागी समेत लक्षित गरि कार्यक्रमहरु बनाइएको शाखाका अर्का पशु प्राबिधिक राजेश कोइरालाले जानकारी दिए । कृषक तथा उद्यमीहरुको समस्या समाधान तथा सहजीकरण गर्न आफुहरु २४ सै घण्टा तत्पर रहेको समेत उनले बताए । 

पशुपन्क्षी बिकास शाखाका प्राबिधिकहरु सधैँ किसानहरुको सेवामा रातदिन खटिने गरेको र कहिले काहीँ केही जनप्रतिनिधि तथा सेवाग्राहीहरुले कामको लागि दबाब दिने साथै आफुहरुको बारेमा भ्रामक प्रचार गरिदिनाले काममा खटिने मनोबलमा कमी आउने गरेको कर्मचारीहरुको दुखेसो छ ।

तस्विर सौजन्य : सुवाश खतिवडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Nilkantha Na Pa
DHO Dengue
Dhading Hospital

धादिङ स्पेसल