नेपाल / दुर्घटना

गृहपृष्ठ नेपाल / दुर्घटना

नारायणगढ–मुग्लिन सडक खण्डको खहरे खोलामा सहचालक बेपत्ता खोजी हुँदै

नारायणगढ–मुग्लिन सडक खण्डको खहरे खोलामा सहचालक बेपत्ता खोजी हुँदै

काठमाण्डौ : नारायणगढ–मुग्लिन सडक खण्डको खहरे खोलामा बसका सहचालक चिप्लिएर बेपत्ता भएका छन् ।

इच्छाकामना गाउँपालिका–५ मा रहेको खहरे खोलामा काठमाण्डौबाट धनगढीका लागि छुटेको ना ६ ख ७४६३ नम्बरको बसका सहचालक राति चिप्लिएर बेपत्ता भएका हुन् ।

कैलालीको गोदावरी नगरपालिका बस्ने ३५ वर्षीय तेजबहादुर बोहरा खहरे खोलामा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । राति पहिरोले सडक अवरुद्ध भएका बेला बसबाट झरेर बोहरा खाजा किन्न गएका थिए । 

 

त्यही क्रममा खोलामा चिप्लिएर खसेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार बोहराको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको छ । बोहराको टोपी र चप्पल भने भेटिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Nilkantha Na Pa
DHO Dengue
Dhading Hospital

धादिङ स्पेसल