अन्तर्राष्ट्रिय / खेलकुद

गृहपृष्ठ अन्तर्राष्ट्रिय / खेलकुद

टी–२० शृंखला : वेष्ट इण्डिजसँग आज तेस्रो खेल खेल्दै नेपाल

टी–२० शृंखला : वेष्ट इण्डिजसँग आज तेस्रो खेल खेल्दै नेपाल

काठमाडौ : वेष्ट इण्डिज ‘ए’ विरुद्धको ५ टी–२० शृंखलाअन्तर्गत नेपालले बुधबार तेस्रो खेल खेल्दैछ।

खेल दिउँसो कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे शुरु हुनेछ । नेपाल र वेष्ट इण्डिजले यसअघि एक–एक खेल जितेका छन् ।

शनिबार सम्पन्न पहिलो खेलमा नेपालले वेष्ट इण्डिजलाई ४ विकेटले पराजित गरेको थियो । आइतबार भएको दोस्रो खेलमा नेपाल वेस्ट इण्डिजँंग १० रनले पराजित भएको थियो । 

नेपालले आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप वेष्ट इण्डिजसँग शृंखला खेलिरहेको हो। शृंखलापश्चात् नेपाली टोली आईसीसी टी–२० विश्वकपका लागि अमेरिका प्रस्थान गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Nilkantha Na Pa
DHO Dengue
Dhading Hospital

धादिङ स्पेसल