अन्तर्राष्ट्रिय / खेलकुद

गृहपृष्ठ अन्तर्राष्ट्रिय / खेलकुद

इन्डियन प्रिमियर लिग : मुम्बईको संघर्षपूर्ण जित

इन्डियन प्रिमियर लिग : मुम्बईको संघर्षपूर्ण जित

काठमाडौँ : पहिलो पावरप्लेमा ४० रन बनाउँदा नै ४ विकेट गुमाइसकेको पञ्जाब किंग्सविरुद्ध इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले संघर्षपूर्ण जित हासिल गरेको छ।

बिहीबार सम्पन्न खेलमा पञ्जाबलाई मुम्बईले ९ रनले पराजित गरेको हो। मुम्बईले दिएको १९३ रनको लक्ष्य पछ्याएको पञ्जाबले १९.१ ओभरमा सबै विकेट गुमाउँदै १८३ रन मात्रै बनाउन सक्यो।

पञ्जाबका आशुतोष शर्माले सर्वाधिक ६१ रन बनाए। २८ बल खेलेका उनले २ चौका र ७ छक्का प्रहार गरे। आशुतोषले आठौँ विकेटका लागि र हरप्रित बरारसँग ३२ बलमा ५७ रनको साझेदारी गरेका थिए।

शशांक सिंह ४१, हरप्रित बरार २१ र हरप्रित सिंह १३ रनमा आउट हुँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्। मुम्बईका जेराल्ड कोएत्जी र जसप्रित बुमराहले ३र३ विके लिए। आकाश माधवाल, हार्दिक पाण्ड्या र श्रेयस गोपालको नाममा १/१ विकेट रह्यो।

त्यसअघि महाराजा यादवविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९२ रन बनायो।

मुम्बईका सूर्यकुमारले सर्वाधिक ७८ रन बनाए। ५३ बल खेलेका उनले ७ चौका र ३ छक्का प्रहार गरे। रोहित शर्मा ३६, टिम डेभिड १४ र कप्तान हार्दिक पाण्ड्या १०  रनमा आउट हुँदा तिलक बर्मा ३४ रनमा अविजित रहे।

पञ्जाबका हर्षल पटेलले सर्वाधिक ३ विकेट लिए। सैम करनको २ तथा कागिसो रबाडाको नाममा १ विकेट रह्यो। जितसँगै सातौँ स्थानमा रहेको मुम्बईले ७ खेलबाट ६ अंक जोडेको छ। समान खेलबाट ४ अंक जोडेको पञ्जाब नवौँ स्थानमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Nilkantha Na Pa
DHO Dengue
Dhading Hospital

धादिङ स्पेसल