धादिङ स्पेशल

गृहपृष्ठ धादिङ स्पेशल

धादिङ कारागारको थुनुवाकक्षमा रहेका ७२ वर्षिय वृद्धाको मृत्यु

धादिङ कारागारको थुनुवाकक्षमा रहेका ७२ वर्षिय वृद्धाको मृत्यु

धादिङ : जवरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका ७२ वर्षिय कृष्ण बहादुर सुनारको मृत्यु भएको छ ।

पुष ८ गतेदेखि जिल्ला कारागार धादिङको थुनामा रहेका गल्छी गाउँपालिका–७ का सुनारको मंगलबार विहान मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक गौतम मिश्रका अनुसार अचानक झाडावान्ता भई विरामी परेका सुनारको धादिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

विहान करिव ११ बजेबाट अकस्मात विरामी परेका सुनारलाई अस्पताल पु¥याएको केहिबेरमा नै चिकित्सकले मृत घोषणा गरेको प्रहरी उपरिक्षक मिश्रले जानकारी दिनुभयो ।

मृत्यु भए लगत्तै सुनारको आफन्तलाई खबर गरि धादिङ अस्पतालको शव गृहमा शव राखिएको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Nilkantha Na Pa
DHO Dengue
Dhading Hospital

धादिङ स्पेसल