धादिङ स्पेशल / नीलकण्ठ / खेलकुद

गृहपृष्ठ धादिङ स्पेशल / नीलकण्ठ / खेलकुद

नीलकण्ठ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड : कराँते खेलका दिदी बहिनी ‘रिदिमा र रितु’को चर्चा

नीलकण्ठ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड : कराँते खेलका दिदी बहिनी ‘रिदिमा र रितु’को चर्चा

धादिङ : नीलकण्ठ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको अन्तिम दिनरा कराते खेलमा सहभागी भएका दुइ दिदीवहिनीको फाइट (कराँते प्रतिस्पर्धा) पछि उनीहरुको चर्चा चुलिएको छ ।

नीलकण्ठ माद्यमिक विद्यालयमा अध्ययन गर्ने दुइ दिदीबहिनीहरु रिदिमा खड्का (कक्षा ७) र रितु खड्का (कक्षा ५) ले करातेको क्रमशः ४५ केजी र ५० केजी तौल समुहमा प्रतिस्पर्धा गरेका थिए ।

आफ्नो तौल समुहमा स्वर्ण पदक जितेका दुइ दिदीबहिनीहरु नै जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा छनौट भएका छन् । उनीहरुको दुइ स्वर्ण सहित २१ स्वर्णका साथ नीलकण्ठ माद्यमिक विद्यालयले यस वर्षको राष्ट्रपति रनिङ शिल्ड पनि हात पारेको छ ।

प्रतियोगीताको अन्तिम दिन अन्य प्रतियोगीहरुमा खेलभावनाको विकास गराउन तथा उनीहरुको आत्मबल विकास गराउन दिदीबहिनीवीच नै ‘सो म्याच’ राखिएको धादिङ सितेरियो कराते डोजोका प्रमुख प्रशिक्षक भीम गुरुङले जानकारी दिए । 

उनीहरु दुवैजना धादिङ डोजोमा प्रशिक्षण गर्छन । दुवैजना खेलमा अब्वल रहेको पनि प्रशिक्षक गुरुङले बताए । दिदीबहिनीको खेलमा भने दिदीले बहिनीलाइ पराजित गरेकी थिइन् ।

एकै घरका निकै मिल्ने दिदीबहिनी करातेको ‘रिङ’मा भने निकै प्रतिस्पर्धात्मक ढंगबाट उत्रिएको करातेका प्रशिक्षक एवं निर्णायक रमेश कोइरालाले बताए ।

‘प्रतिस्पर्धाको रिङमा उत्रिएपछि दिदी बहिनी, साथीभाइ आफन्त भनेर केही भन्न मिल्दैन । प्रमुख प्रशिक्षक गुरुङले भने, ‘यस्ता खाले प्रतिस्पर्धाले खेलाडी भाइबहिनीहरुको आत्मविश्वास बढ्ने तथा खेलप्रतिको आकर्षण बढ्ने भएकाले हामीले उनीहरुको प्रतिस्पर्धा गराएका हौं ।’

फोटो सौजन्य : किरण पाठक र प्रशिक्षक भीम गुरुङ 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Nilkantha Na Pa
DHO Dengue
Dhading Hospital

धादिङ स्पेसल