Weather : 27.69° Celsius Kathmandu
काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगमा विभागीय टोली त्रिभुवन आर्मी एफसीले दुई पटक अग्रता लिए पनि जोगाउन नसक्दा एफसी खुमलटारसँग बराबरी खेलेको छ ।
दशरथ रंगशालमा शुक्रबार भएको खेलमा आर्मी र खुमलटारले १(१ को बराबरी खेल्दै अंक बाँडेका हुन् । आर्मीका लागि जगजित श्रेष्ठ र नवयुग श्रेष्ठले गोल गर्दा खुमलटारका दुई विदेशी खेलाडी मेसुके ओलोमोउ र स्टेफेन समिर विनोङले गोल गरे ।
खेलको १५औं मिनेटमा जगजितले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । तर ३५औं मिनेटमा मेसुकेले खुमलटारका लागि बराबरी गोल गर्दै । जारी लिगमा मेसुकेको यो १४औं गोल हो र उनी सर्वाधिक गोल गर्नेमा मछिन्द्र एफसीका ओलावाले आफिजसँगै अगाडि छन् ।
&
बराबरीपछि आर्मीको १९ खेलबाट २६ अंक भएको छ । समान खेलबाट १८ अंक जोडेको खुमलटार अन्तिम स्थानमै छ । यस्तै शुक्रबारै एन्फा कम्प्लेक्समा भएको खेलमा हिमालयन शेर्पाले एपीएफ क्लबलाई ३(२ ले पराजित गरेको छ ।
जितपछि १९ खेलबाट २५ अंक जोड्दै हिमालयन शेर्पा सातौं स्थानमा उक्लेको छ । एपीएफ समान खेलबाट २२ अंकसहित १२औं स्थानमा छ ।