आर्थिक / कृषि/सहकारी

गृहपृष्ठ आर्थिक / कृषि/सहकारी

फागुनमा मात्रै १ खर्ब ४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

फागुनमा मात्रै १ खर्ब ४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

काठमाडौँ : फागुन महिनामा १ खर्ब ४ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्मको वित्तीय विवरणअनुसार मासिक औसत ९९ अर्ब २५ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको पाइन्छ ।

सो ८ महिनामा कुल ७ खर्ब ९४ अर्ब ३२ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । यो रकम अघिल्लो वर्षको यसै अवधिको तुलनामा २५.३ प्रतिशत बढी हो । 

अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १.३ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा यो आर्थिक वर्षको ८ महिनामा रेमिट्यान्स आप्रवाह १४.८ प्रतिशतले बढेर ६ अर्ब ९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.६ प्रतिशतले घटेको थियो ।

वैदेशिक रोजगारीमा जानेको संख्या बढेकाले पनि रेमिट्यान्समा वृद्धि देखिएको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख प्रकाशकुमार श्रेष्ठले प्रतिवेदन सार्वजनिक गर्ने क्रममा बताए ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५४.३ प्रतिशतले वृद्धि भई ३ लाख ५१ हजार ७ सय ६१ पुगेको छ ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८.० प्रतिशतले वृद्धि भई १ लाख ९२ हजार ५ सय ५९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल