नेपाल / अपराध

गृहपृष्ठ नेपाल / अपराध

काठमाडौँबाट दुई दिनमा ३८ बिचौलिया पक्राउ

काठमाडौँबाट दुई दिनमा ३८ बिचौलिया पक्राउ

काठमाडौँ : काठमाडौँबाट दुई दिनमा ३८ जना बिचौलिया समातिएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट २५ जना र वैदेशिक रोजगार कार्यालयबाट १३ जनालाई नियन्त्रणमा लिएको हो।

उनीहरूले ती कार्यालयमा सेवा लिन पुगेका सेवाग्राहीलाई सेवा लिनेदिने कार्यमा बाधा पुर्‍याई लाग्ने दस्तुरभन्दा बढी दस्तुर लिने प्रलोभनमा छिटो काम गरिदिने आश्वासन दिने गरेको प्रहरीले जनाएको छ।

गर्न नसक्ने कामलाई सजिलै गरिदिन्छौँ भनेर भ्रममा पारी सेवाग्राहीलाई जबरजस्ती तानी सरकारी काम कारबाहीमा बाधा अवरोध पुर्‍याएको गुनासो आएपछि प्रहरीले हिजो र आज यातायात व्यवस्था र वैदेशिक रोजगार कार्यालयमा अनुगमन गरेको थियो।

पक्राउ परेका ३८ जना व्यक्तिउपर मुलुकी फौजदारी अपराध ९संहिता० ऐन, २०७४ को दफा ११८ को ‘अभद्र व्यवहार गर्न नहुने’ कसुरमा जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट १० दिन म्याद थपिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल