Weather : 20.12° Celsius Kathmandu
धादिङ : काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागूऔषध गाँजासहित एक महिला पक्राउ परेकी छिन्।
पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका–३ की २२ वर्षीया बिनिता तामाङ रहेको प्रहरीले जनाएको छ ।
प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले धादिङदेखि काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख ३००७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई १ किलो १ सय ग्राम गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।