दुर्घटना

गृहपृष्ठ दुर्घटना

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

तनहुँ : तनहुँमा मोटरसाइकल दुर्घटनामा परेर आज एक युवकको मृत्यु भएको छ । घिरिङ गाउँपालिका–१ पुटारका २२ वर्षीय सुनिल दरैको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो ।

जगौलिटारस्थित कच्ची सडकमा बनटारबाट पुटारतर्फ जाँदै गरेको लु ३९ प ५०९७ नंको मोटरसाइकल अनियन्त्रित भई सडकदेखि ५० मिटर तल खस्दा दरैको मृत्यु भएको हो ।

दुर्घटनामा परी सख्त घाइते दरैको सेतीगङ्गा अस्पताल बेलचौतारामा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । 

मोटरसाइकलमा सवार सोही वडाका २१ वर्षीय खुमबहादुर राना र २१ वर्षीय रामबहादुर कुमाल गण्डकी मेडिकल अस्पताल पोखरामा उपचार गरी घर फर्किका प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल