नेपाल / दुर्घटना

गृहपृष्ठ नेपाल / दुर्घटना

छुट्टाछुट्टै जिल्लामा भएको सवारी दुर्घटनामा ८ जनाको मृत्यु

छुट्टाछुट्टै जिल्लामा भएको सवारी दुर्घटनामा ८ जनाको मृत्यु

काठमाडौ : ललितपुर, पाल्पा र सर्लाहीमा भएको सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ ।  ललितपुरको ललितपुर महानगरपालिका–८ बालकुमारीस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनले बा ४५ प १३४५ नम्बरको स्कुटरलाई सोमबार बिहान ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्कुटर चालक धोबीघाट बस्ने चितवन घर भएकी २३ वर्षीया रेखा मगर रहेकी छन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको बिएण्डबि अस्पताल ग्वार्कोमा उपचारको क्रममा मृत्यु भएको हो ।  दुर्घटनामा घाइते स्कुटरमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । 

पाल्पाको रिप्दीकोट गाउँपालिका–२ लघुवास्थित सडकमा लु १ ख ५९५२ नम्बरको बस आइतबार दुर्घटना हुँदा बसमा सवार ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका बस चालक सहित १६ जनालाई उपचारको लागि मिसन अस्पताल पाल्पा पठाएकोमा ८ जना सामान्य उपचार पश्चात डिस्चार्ज भएका छन् । अन्यको सोही अस्पतालमा उपचार भइरहेको छ । 

सर्लाहीको धनकौल गाउँपालिका–२ नयाँ रोड मधुवनीस्थित सडकमा ना ७ त १७३५ नम्बरको ट्रयाक्टरले बीआर ३० क्यू ४१०२ नम्बरको मोटरसाइकललाई आइतबार राति ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक रामनगर नगरपालिका–५ बस्ने २२ वर्षीय रमेश कुमार यादव रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको एडभान्स संजिवनी अस्पताल बरहथवा हुँदै नेपाल मेडिसिटी ब्ययोधा अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको हो ।  हाल फरार ट्रयाक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Nilkantha Na Pa
DHO Dengue
Dhading Hospital

धादिङ स्पेसल