अन्तर्राष्ट्रिय / खेलकुद

गृहपृष्ठ अन्तर्राष्ट्रिय / खेलकुद

एसीसी प्रिमियर कप : नेपाल र हङकङ भिड्दै

Nikantha Na Pa
एसीसी प्रिमियर कप : नेपाल र हङकङ भिड्दै

काठमाडौं : एसीसी प्रिमियर कपमा नेपालले आज हङकङसँग खेल्दैछ। खेल नेपाली समय अनुसार पौने १२ बजे ओमानको अल अमारात क्रिकेट मैदानमा हुनेछ। ​

साविक बिजेता नेपाल अपराजित छ। आजको खेल जित्दै नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गर्न चाहन्छ।  नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र कतारलाई ३२ रनले पराजित गरेको थियो। 

हङकङ भने साउदी अरबसँग पराजित भएको छ। आइतबार भएको खेलमा साउदीले हङकङलाई ५५ रनले हराएको थियो। पहिलो खेलमा हङकङले कतारलाई २६ रनले पराजित गरेको छ। ​

हङकङविरुद्धको टी–२० क्रिकेटमा नेपालले हालसम्म खेलेका ११ मध्ये ६ खेलमा जित हात पारेको छ भने चार खेले हङकङले जितेको छ। एक खेलमा नतिजाविहीन भएको छ। 

Between Description 4

पछिल्लो पटक सन् २०२४ को मार्चमा मोङ कोकमा भएको खेलमा हङकङले नेपाललाई ७३ रनले हराएको थियो। नेपालले समूह चरणको अन्तिम खेल बुधबार साउदी अरबसँग खेल्नेछ। ​

एसीसी प्रिमियर कपमा नेपाल समूह ’ए’ मा छ। यो समूहमा नेपालसँगै हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन्। त्यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स यूएई छन्। समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Sahid Memorial

धादिङ स्पेसल