गाउँ-समाज

गृहपृष्ठ गाउँ-समाज

ललितपुरको ढोलाहिटीमा होली खेल्ने क्रममा दुई समूहबीच झडप,दुई जनाको मृत्यु

ललितपुरको ढोलाहिटीमा होली खेल्ने क्रममा दुई समूहबीच झडप,दुई जनाको मृत्यु

काठमाडौ : ललितपुरको ढोलाहिटीमा होली खेल्ने क्रममा दुई समूहबीच भएको विवादले झडपको रुप लिंदा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सुनसरीको धरान घर भई ढोलहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर घर भई खुमलटार बस्ने ३० वर्षीय पुजन राई रहेका जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

आइतबार दिउँसोको विवादलाई लिएर राति झगडा हुँदा दुई जनाको ज्यान गएको ललितपुर प्रहरीले जनाएको छ ।

राति ११ बजे पाटन अस्पतालमा घाइतेलाई ल्याएपछि मात्र प्रहरीले खबर पाएको थियो । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा १८ जनालाई प्रक्राउ गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल