अन्तर्राष्ट्रिय / खेलकुद

गृहपृष्ठ अन्तर्राष्ट्रिय / खेलकुद

फ्रेन्च लिग : एमबाप्पेको ह्याट्रिकमा पीएसजीको सानदार जित

फ्रेन्च लिग : एमबाप्पेको ह्याट्रिकमा पीएसजीको सानदार जित

काठमाडौं : केलिएन एमबाप्पेल ह्याट्रिक गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी( ले फ्रेन्च लिग वानमा मोन्टपिलरलाई ६२ ले पराजित गरेको छ ।

यो जितले पीएसजीले शीर्ष स्थानमा पकड बनाउँदै १२ अंकको अग्रता समेत बनाएको छ । पीएसजीको २६ खेलबाट ५९ अंक भएको छ । दोस्रो स्थानको ब्रेस्टको समान खेलबाट ४७ अंक छ ।

पीएसजीका लागि एमबाप्पेले २२औं ५०औं र ६३औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यसअघि भिटिन्हाले १४औं मिनेटमा गोलको खाता खोलेका थिए । 

यस्तै लि काङ इनले ५३औं र नुनो मेन्डेजले ८९औं मिनेटमा गोल गरे । मोन्टपिलरका लागि अर्नाउन दनोर्दिनले ३०औं र तेजी साभानिएरले पहिलो हाफको इन्जुरी टाइममा गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल