धादिङ स्पेशल / सिद्धलेक / गाउँ-समाज

गृहपृष्ठ धादिङ स्पेशल / सिद्धलेक / गाउँ-समाज

धादिङ नलाङमा जंगलमा लागेको डढेलोबाट गोठ जल्दा ११ लाख बराबरको क्षति

धादिङ नलाङमा जंगलमा लागेको डढेलोबाट गोठ जल्दा ११ लाख बराबरको क्षति

धादिङ : धादिङ सिद्धलेक गाउँपालिका–२ नलाङ स्थित कुवापानीटारमा जंगलमा लागेको डढेलोबाट सल्केको आगोले एक स्थानीयको गोठ जलेर नष्ट भएको छ ।

सोही ठाउँको छोटटार सामुदायिक वनमा लागेको डढेलोको आगो सल्केर कुवापानीटारका यम नारायण श्रेष्ठको गोठ जलेर नष्ट भएको हो ।

 

मंगलबार अपरान्ह ४ः०० बजे डढेलोबाट सल्केको आगोले श्रेष्ठको घरनजिकै रहेको गाईभैंसी गोठ, २ वटा कुखुरा फर्म, १ कम्बाईण्ड मिल, १ मिनि टिलर, १ मोटरसाइकल, परालको टौवा, अन्नपात, लत्ताकपडा, भाँडावर्तन र महत्वपूर्ण कागजात जलेर नष्ट भएको श्रेष्ठले बताउनुभयो।

आगलागीबाट करिब ११ लाख बराबरको धनमाल जलेर नष्ट भएको उहाँको भनाई छ ।आगोले उहाँको २ वटा घरमा समेत आंशिक क्षती पुगेको छ ।

प्रहरी र स्थानीयको सहयोगमा राति ९ बजे आगो नियन्त्रणमा लिइएको थियो। दिउँसोको घट्ना भएकाले आगलागीबाट मानवीय र चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Nilkantha Na Pa
DHO Dengue
Dhading Hospital

धादिङ स्पेसल