धादिङ स्पेशल / सिद्धलेक

गृहपृष्ठ धादिङ स्पेशल / सिद्धलेक

सिद्धलेक–६ फिसटारमा खुल्ला कौह्रा नृत्य प्रतियोगिता हुने

सिद्धलेक–६ फिसटारमा खुल्ला कौह्रा नृत्य प्रतियोगिता हुने

धादिङ : धादिङको सिद्धलेक गाउँपालिका वडा नं ६ फिसटारमा खुल्ला कौह्रा नृत्य प्रतियोगिता हुने भएको छ ।

मगर समुदायको प्रमुख राष्ट्रिय साँस्कृतिक पर्व माघे संक्रान्तिको अवसरमा नेपाल मगर संघ जिल्ला समन्वय समिति धादिङले कौह्रा नृत्य प्रतियोगिता गर्ने भएको हो ।

अवसर पारी हरेक बर्ष गर्दै आएको कौह्रा नृत्य प्रतियोगिता यस बर्ष पौष २९ गते आईतबार सिद्धलेकको फिसटार स्थित बंगैचामा हुने नेपाल मगर संघ धादिङका अध्यक्ष कुल बहादुर थापा मगरले जानकारी दिनुभयो।

साथै सोही अवसरमा विविध साँस्कृतिक कार्यक्रम पनि हुने मगरले बताउनुभयो । कौडा नृत्य, वा कौह्रा नाच नेपालमा मगर जातिहरूको पपम्परा अनुसारको लोकप्रिय नाच हो ।

यो नाच धादिङ सहित तनहुँ, लमजुङ, गोर्खा, कास्की, स्याङ्जा, पाल्पा, चितवन , नवलपरासी आदि जिल्लाहरूका मगर समुदायमा माघे सक्रान्तीदेखी बैशाख पुर्णिमा सम्म नचाउने गर्दछ ।

यो नाचमा केटाहरूले गित गाएर खैजरि मुजुरि बजायेर केटीहरूलाई नचाउने गर्दछन् । मगर, गुरुङ र दुरा जातीमा प्रचलित प्रमुख लोकनाच मध्य कौडा पर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Nilkantha Na Pa
DHO Dengue
Dhading Hospital

धादिङ स्पेसल