धादिङ स्पेशल / ज्वालामुखी / गाउँ-समाज

गृहपृष्ठ धादिङ स्पेशल / ज्वालामुखी / गाउँ-समाज

सालकको खपटा ओसारपसार गरेको आरोपमा धादिङकी सरिता आलेलाई ८ लाख जरिवाना

सालकको खपटा ओसारपसार गरेको आरोपमा धादिङकी सरिता आलेलाई ८ लाख जरिवाना

धादिङ : ज्वालामूखी गाउँपालिका३ की सरिता आलेमगरलाई संरक्षित जनावर सालकको खपटा ओसारपसार गरेको आरोपमा ८ लाख जरिवाना तिराईएको छ ।

कात्तिक २३ गते जिल्ला अदालतमा दर्ता भएको सालकको खपटा (अखेटोपहार) ओसारपसार सम्बन्धी मुद्दामा सोही समयदेखि थुनामा रहेकी सरितालाई जिल्ला न्यायधिस गोपाल प्रसाद बास्तोलाको इजलासले ८ लाख रुपैयाँ जरिवानाको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले बागमती कलमलाई जानकारी दिनुभयो ।

कसुरदारलाई ३२ हजार रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्न समेत फैसलामा उल्लेख गरिएको भण्डारीले बताउनुभयो मुद्दा फैसला भए लगत्तै कसुरदारले सो बापतको रकम अदालतमा दाखिला गरेपछि रिहा हुनुभएको छ ।

प्रहरीले कसुरदारको घरबाट सालकको खपटा बरामद गरेको थियो ।

राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ को २६९१० अनुसार सालक पक्रने, सिकार गर्ने, खपटाको व्यापार गर्ने, ओसारपसार गर्नेलाई ५ लाख देखि १० लाख सम्म जरिवाना वा ५ वर्षदेखि १५ वर्ष सम्म कैद वा दुबै सजाय हुने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Nilkantha Na Pa
DHO Dengue
Dhading Hospital

धादिङ स्पेसल