Weather : 20.12° Celsius Kathmandu
धादिङ : धादिङमा १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा १५ वर्षीय बालकलाई पाँच वर्ष कैद सजाय र २ लाख ५० हजार जरिबानासहितको फैसला सुनाएको छ।
जिल्ला अदालतका न्यायाधीश गोपाल प्रसाद बास्तोलाको शुक्रबारको इजलासले उक्त फैसला सुनाएको जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले जानकारी दिनुभयो ।
कसुरदारबाट गरिएको जरिवाना बापतको रकम पीडितलाई क्षतिपुर्ति दिने फैसला गरिएको पनि भण्डारीले बताउनुभयो ।
बालिकालाई बालकले ०७९ पुस २८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले ०८० जेठ १३ गते इलाका प्रहरी कार्यालय, गजुरीमा उजुरी दिएको थियो ।
आरोपितलाई प्रहरीले पुस १८ गते गिरफ्तार गरेको र पीडित बालिकाको पुस १९ गते धादिङ अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी (डिएसपी) सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो ।
प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय मार्फत बालक विरुद्ध जिल्ला अदालतमा असार ६ गते मुद्दा दर्ता गरी जिल्ला अदालतको सोही दिनको आदेशले बालकलाई पुर्पक्षको लागि थुनामा पठाएको थियो ।