धादिङ स्पेशल / नीलकण्ठ / गाउँ-समाज

गृहपृष्ठ धादिङ स्पेशल / नीलकण्ठ / गाउँ-समाज

दियो पोष्टामा प्रकाशित समचार प्रति सहकारी संस्था धादिङद्वारा गम्भिर ध्यानाकर्षण

दियो पोष्टामा प्रकाशित समचार प्रति सहकारी संस्था धादिङद्वारा गम्भिर ध्यानाकर्षण

धादिङ : दियोपोष्ट अनलाईनमा आएको समाचार प्रति स्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था धादिङले गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ । 

किर्ते गरेर करोडको जग्गा कब्जा’ शीर्षकमा प्रकाशित गरेको समाचारप्रति सहकारीले एक प्रेस विज्ञप्ती मार्फत गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

कुनैपनि विवादित कुराहरुको समाचार बनाउदा दुवै पक्षको कुरा राख्नेसंचारको सर्वमान्य सिद्धान्तलाइ ख्यालै नगरी एकपक्षीय, कपोलकल्पित, भ्रामक तथा सहकारी र संचालकहरुलाई बदनाम गर्ने कुनियतका साथ प्रकाशित समाचारको हामी कडा शब्दमा भत्र्सना गर्दछौँ र समाचारको खण्डन गर्दछौँ संस्थाका महासचिव नवराज पाठकद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा उल्लेख छ ।

समाचार प्रकाशित गर्नुपुर्व सहकारीका संचालकहरु कसैसँग पनि यस विषयमा सोधपुछ नगरिएको र कार्यालयबाट समेत कुनै पनि जानकारी नलिएको सहकारीले जनाएको छ । समाचारमा सहकारीका वर्तमान अध्यक्ष रुद्र बहादुर खत्री, निवर्तमान अध्यक्ष प्रदीप अधिकारी र वडा अध्यक्ष गौतमहरि अधिकारीको फोटो समेत राखी जग्गा कब्जा गर्ने गिरोह शब्द उल्लेख गरिएको प्रति खेद ब्यक्त गरेको छ ।

सहकारीले आफ्नो निति नियममा रहेर लगानी गरेको ऋणको असुलीका लागि गरिएको नियमित प्रक्रियालाई अतिरन्जित गरी करोडको जग्गा कब्जा गरेको भन्ने आरोप निराधार रहेको, समाचारमा कुनैपनि सत्यता नरहेको र यस्तो भ्रममा नपर्न सबैमा अनुरोध समेत गरेको छ ।

साथै कर्तब्य पालनाको शिलशिलामा काम गरेका नेपाल सरकारका विभिन्न पद र ओहोदामा रहेका कर्मचारीहरु र जनप्रतिनिधिहरुको समेत बदनाम हुने गरि गरिएको प्रचारप्रति सहकारी दुःख ब्यक्त गर्दछ । सहकारीले शेयर सदस्य मेघराज पोखरेलको ऋण र जग्गा लिलामको प्रकरणमा ११ बुँदे सहितको प्रस्टिकरण समेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Nilkantha Na Pa
DHO Dengue
Dhading Hospital

धादिङ स्पेसल