धादिङ स्पेशल / गंगाजमुना / संस्कृति/पर्यटन / गाउँ-समाज

गृहपृष्ठ धादिङ स्पेशल / गंगाजमुना / संस्कृति/पर्यटन / गाउँ-समाज

१३ सय बर्ष पुरानो धादिङको गंगाजमुना जात्राको रौनक अहिलेपनि उस्तै

१३ सय बर्ष पुरानो धादिङको गंगाजमुना जात्राको रौनक अहिलेपनि उस्तै

धादिङ : धार्मिक तथा पर्यटकीय रुपले परिचित स्थल हो धादिङको गंगाजमुना झरना । यो झरनामा वर्षौदेखि लाग्दै आएको जात्राको रौनक अहिले पनि घटेको छैन । यो झरना हिउँदमा खासै देखिदैन । तर, देशका थुप्रै जिल्लाहरुबाट यो मेला हेर्न र गंगा जमुना माइको दर्शन गर्न आउने गर्दछन् ।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने यो मेला हरेक वर्ष हरिबोधनी एकादशीको दिन मनाइन्छ । गंगाजमुना गाउँपालिकाको नाम पनि यहि मेलाको नामबाट राखिएको हो । यो बर्ष हिजो बुधबारदेखि बिहानैदेखि झरनाको फेदीमा जम्मा भएका भक्तजनले आज एकादशीको दिन बिहान त्यही स्नान गरि पुजाआजा गरेका छन् ।

१३ सय वर्ष अगाडि गंगा र जमुना नाम गरेका दुई छोरीहरु बेपत्ता भएको र परिवार खोज्दै जाँदा गुफाभित्रबाट हामी यही सुरक्षित छौं हामीलाई यही पुजापाठ गर्नुहोला भनेपछि उनै गंगा र जमुनाको सम्झनामा हरेक वर्ष गंगा जमुना माइको मेला सुरु भएको किम्बदन्ती छ ।

गंगाजमुना गाउँपालिका९५ ढाँडखर्कमा रहेको पहराको टुप्पोबाट खस्ने गंगा र जमुना नामका दुई झरना छ । तीन सय मिटर माथिबाट झर्ने यो झरनामा गएर नुहाउने र मनले चिताएको पुरा होस् भनेर आर्शिवाद माग्ने प्रचलन छ ।
 

झरना झरेको पहराको बीचमा रहेको मन्दिरमा गएर महादेवको पुजा आजा गर्ने प्रचलन पनि रहेको छ । एकादशीको दिन बिहान गंगाजमुनाको छहरामा स्नान गरि डोली तार्ने बत्ती सेलाऊने र पहरामा रहेको भगबान गंगा जमुनाको दर्शन गरि फर्किने चलन छ ।

गंगाजमुनाको दर्शन गर्दा मनले चिताएको पूरा हुने जनविश्वास रहिआएको छ ।  भक्तजनहरुले गंगा–जमुना कुण्डमा नुहाउँदा रोगब्याधी निको हुने र परिवारमा सुखशान्ति र समृद्धि छाउने धार्मिक बिश्वास रहि आएको गाउँपालिका अध्यक्ष भक्त बहादुर लामाले बताए । 

गंगा जमुना झरनासँगै रहेको कुकुर धारोमा गएर नुहाउनेहरुको पनि भीड हुने गर्दछ । विशेष गरी वर्षभरी कुकुर वा अन्य कुनै जनावरले टोकेमा त्यसको दोष निवारणका लागि भन्दै कुकुरधारोमा गएर नुहाउने प्रचलन रहेको छ ।

यस मेला भर्न धादिङ जिल्लाका विभिन्न स्थानका साथै छिमेकी जिल्ला रसुवा, नुवाकोट, चितवन, गोर्खा तनहुँ कास्की, काठमाडौंबाट भक्तजनहरुको घुइचो लाग्ने गर्दछ ।

स्थानीय सिंगबहादुर तामाङ भन्छन् -एकादशीको दिन रात नै झाक्री नाचको रौनक अझ छुट्टै हुन्छ । भकल बुझाउन वा दर्शन गर्न आउनेहरुले रातभर आ–आफ्नो भेषभुसा र पहिरन अनुसारको कला देखाछन् र विहान भएपनि झरनामा स्नान गरी पुजापाठ गरेर फर्कन्छन् ।

यो जात्रा धादिङको गंगा जमुना गाउँपालिकास्थित फुलखर्कमा छ । यहाँबाट घाम अस्ताएको र उदायको दृष्य निकै रोमान्चक देखिन्छ । जात्रामा स्थानीय सरकारले नै हरेक वर्ष रात्रीकालिन कन्सर्टको आयोजना गर्दै आएको छ । लङ्गरबुर्जा खेल यहाँको रात्रीकालिन जात्राको विशेषता हो ।

हरिबोधनी एकदशीमा भगवान् विष्णु एवं नारायणको पुजा हुने गरेपनि गंगाजमुनामा भने महादेवको पूजा हुने गरेको छ । धार्मिक तथा पर्यटकीय हिसावले निकै महत्वपूर्ण र आकर्षक भएपनि त्यस ठाँउसम्म पुग्नका लागि सडक सञ्जालको कठिनाई छ ।

भौगोलिक हिसावले विकट स्थानमा रहेको गंगाजमुना झरना आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ ।

कहाललाग्दो चटाने पहाड चडेर गंगाजमुना माईको दर्शन गर्न पुगेका भक्तजन । एकादशीको दिन बिहान गंगाजमुनाको छहरामा स्नान गरि डोली तार्ने बत्ती सेलाऊने र पहरामा रहेको भगवान गंगा जमुनाको दर्शन गरि फर्किने चलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
100 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Nilkantha Na Pa
DHO Dengue
Dhading Hospital

धादिङ स्पेसल