राजनिति / गाउँ-समाज

गृहपृष्ठ राजनिति / गाउँ-समाज
Pageutter

दामन पाख्रिन स्मृति दिवसमा ने. वि. संघ धादिङद्वारा फलफुल, स्टेशनरी तथा न्यानो कपडा वितरण

Nikantha Na Pa
दामन पाख्रिन स्मृति दिवसमा ने. वि. संघ धादिङद्वारा फलफुल, स्टेशनरी तथा न्यानो कपडा वितरण

नेपाली कांग्रेस धादिङका पूर्व सभापति स्व: दामन पाख्रिनको २६ औं स्मृति दिवसको अवसरमा नेपाल विद्यार्थी संघ धादिङले फलफुल, स्टेशनरी तथा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ । आइतवार जिल्लाको गजुरी गाउँपालिका वडा नं २ मा रहेको भद्रकाली गुरुकुल तथा जेष्ठ नागरिक आङय स्थलमा सामाग्री वितरण गरिएको हो ।

नेपाल विद्यार्थी संघ धादिङका अध्यक्ष सुदिप गौलीको अध्यक्षता र नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं प्रदेश सभा सदस्य प्रत्यासी प्रभातकिरण सुवेदी (शिव) को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सिद्धालेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा र नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि एवं गजुरी गाउँपालिकाको उपाध्यक्ष शर्मिला विसुरालको विशेष आतिथ्यता रहेको थियो ।

त्यस्तै कार्यक्रममा नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र १(ख) का सभापति विष्णु रुपाखेती, नेपाली कांग्रेस गजुरी गाउँपालिकाका सभापति भुमि कँडेल, बनिघाट रोराङ गाउँपालिकाका सभापति ऋषिनाथ त्रिपाठी, सिद्धालेक गाउँपालिकाका सभापति रामशरण गिरी, नेपाली कांग्रेस धादिङका पूर्व सदस्य ज्ञानेन्द्र सिलवाल, नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य प्रविन जमकटेल सहित स्थानीय समाजसेवी, ने. वि. संघ तथा स्ववियु प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

Sahid Memorial
Pageutter
Pageutter

कार्यक्रममा बोल्ने सबै वक्ताहरुले अन्याय, शोषण, उत्पीडन विरुद्ध र सामाजिक न्यायका लागि वि.सं.२०१७ सालमा गरिएको खनियावास विद्रोहका नायक एवं  वि.सं.२०४८ को आमनिर्वाचनमा निर्वाचित सांसद समेत रहेका स्व पाख्रिनको योगदानको चर्चा गर्दै उनको कामहरुबाट प्रेरणा लिइ समाजमा सकारात्मक काम गर्न लाग्नु पर्नेमा जोड दिए ।  

Between Description 4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Below Reaction 3
Below Related
Below Related 2
Below Related 2
Sahid Memorial
DHO Dengue

धादिङ स्पेसल

Below Dhading Special3