धादिङ स्पेशल / गजुरी

गृहपृष्ठ धादिङ स्पेशल / गजुरी

गजुरी-३ पुराक्सिङमा खुम्रे किराको प्रकोपःनियन्त्रण गर्न विद्युत प्राधिकरणमा गुहार

गजुरी-३ पुराक्सिङमा खुम्रे किराको प्रकोपःनियन्त्रण गर्न विद्युत प्राधिकरणमा गुहार

धादिङ : धादिङको गजुरी गाउँपालिका ३ पुराक्सिङमा लामो समयदेखिको खुम्रेकिरा प्रकोपले सताएको छ । हरेक वर्ष मकै र कोदो सखाप नै पार्ने गरेको छ । थोरै जग्गा जमिन छ । 

आफ्नो उत्पादनले खान पुग्दैन । पाखो बारी यसैपनि किसानको दुःख, त्यहिमाथी खुम्रेकिराका कारण बालीले उत्पादन नदिएर कोदो मकै मर्ने गरेको पीडित गंगामायाँ तामाङले बताउनुभयो ।

३६ वर्षीया गंगामायाँको ५ जनाको परिवार खुम्रेकिराको प्रकोपकै कारण भोकै पर्ने अवस्था आएको बताउनुभयो । गंगामायाँ मात्र नभएर यो गाउँको ३१ घर परिवारको पिरलोको रुपमा रहेको खुम्रेकिरा नियन्त्रण गर्न नसक्दा गाउँ नै भोकमरीमा पर्ने गरेको गाउँमा गठित खुरमुरे समही अध्यक्ष हुण्डरी तामाङले जानकारी दिनुभयो ।

माटोमुनी २ मिटरसम्म तल बसेर बालीनालीको जराखाने किरा खुम्रेकिरा भएकोले माटोको उपचार नै मुख्य उपचारको रुपमा मानिन्छ। खुम्रेकिराको आयु ३ वर्षको हुनेभएकोले उपचारविधि भनेको माटो उपचार गर्नु र अर्को विजुलीबत्तीमा किरालाई आकर्षित गर्नु रहेको यस क्षेत्रमा खाद्य अधिकारका लागि कार्यरत राजेन्द्र बस्नेतले बताउनुभयो ।

हरेक वर्ष मकै र कोदोबाली लाग्ने ठाउँमा जराखाएर बोट मर्ने समस्या देखाउने र माटोमुनी धेरैसमय बस्ने प्रकृतिको खुम्रेकिरा नियन्त्रण गर्नका लागि विजुली बत्ती आवश्यक पर्ने बस्नेतले बताउनुभयो ।

      तर दुखको कुरा १४ घर चेपाङ र १७ घर तामाङको बस्ती रहेको पुराक्सिङ गाउँमा अहिलेसम्म विजुली बत्ती समेत पुगेको छैन । विजली बत्ती नभएका कारण अन्धकारमा बस्न बाध्य गरिबीले गाँजेको गाउँबासी आफूले भोट दिएर जिताएकाहरुले गरिब जनताको लागि काम नगरेको पीडितहरुले गुनासो गरे ।

     विजली बत्ती भएमा खुम्रेकिरा नियन्त्रण गर्न सकिने भन्दै स्थानियहरुले शुक्रबार विजुली बत्ती माग गर्न नेपाल विद्युत प्राधिकरण धादिङ शाखामा मागपत्र बुझाएका छन् ।

    खुम्रेकिरा नियन्त्रण गर्नका लागि खुम्रा लागेको बारीमा बिजुली बत्ती बालेपछि खुम्रेकिराको माउलाई बत्तीमा आकर्षित गरेर पासोमा पार्ने प्रविधि (लाइट ट्रयाप) मार्फत किरा नियन्त्रण गर्न सकिने कृषकहरुको भनाइ छ ।

    विद्युतको मेन लाइनबाट छेवैमा रहेको गाउँमा विद्युत सेवा नपुगेको र माग पत्र समेत कार्यालयमा आएको सम्बन्धमा नेपाल विद्याुत प्राधिकरण धादिङका कार्यालय प्रमुख माधव न्यौपानेले निरिक्षण गरेर मागको सम्बोधन गरिने बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल