अन्तर्राष्ट्रिय / खेलकुद

गृहपृष्ठ अन्तर्राष्ट्रिय / खेलकुद

इन्डियन प्रिमियर लिग : हैदराबादसँग ३१ रनले मुम्बई पराजित

इन्डियन प्रिमियर लिग : हैदराबादसँग ३१ रनले मुम्बई पराजित

काठमाडौँ  : सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सलाई पराजित गरेको छ। बुधबार सम्पन्न खेलमा हैदराबादले मुम्बईलाई ३१ रनले पराजित गरेको हो।

हैदराबादले दिएको २७८ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २४६ रनमात्रै बनायो। मुम्बईका टिम डेविड ४२ रनमा अविजित रहे। उनले २२ बलमा २ चौका र ३ छक्का प्रहार गरे। यता, रोमारियो शेफर्ड पनि १५ रनमा अविजित रहे।

मुम्बईले पहिलो विकेट ५६ रन बनाउँदा नै गुमाएको थियो। शाहबाज अहमदको बललाई ओपनर इशान किशनले स्लग स्वीप खेल्न खोजेका थिए। तर, अपर एज लागेर डीप मिड विकेटमा एडम मारक्रमबाट क्याच आएट भए। उनले १३ बलमा २ चौका र ४ छक्कासहित ३४ रन बनाए।

अर्का ओपनर रोहित शर्मा पाँचौँ ओभरको तेस्रो बलमा फाइन लेगमा अभिषेक शर्माबाट क्याच आएट भए। प्याट कमिन्सको बलमा आउट हुनुअघि रोहितले १२ बलमा १ चौका र ३ छक्कासहित ३४ रन बनाए।

त्यसपछि मुम्बईको इनिङ्स नमन धीर र तिलक बर्माले उकासे। उनीहरूले तेस्रो विकेटका लागि ११६ रनको साझेदारी गरे। ११औँ ओभरको चौथो बलमा नमन सर्कलमा रहेका कमिन्सबाट ३० रनमा आउट भए। उनले १४ बलमा २ चौका र २ छक्कासहित ३० रन बनाए।

१५औँ ओभरमा तिलक पनि क्याच आउट भए। उनले ३४ बलमा २ चौका र ६ छक्कासहित ६४ रन बनाए। उनी कमिन्सको बललाई पुल गर्ने प्रयास गर्दा लङ अनमा रहेका मयंक अग्रवालबाट क्याच आउट भए।

कप्तान हार्दिक पाण्ड्या २० बलमा १ चौका र १ छक्कासहित २४ रन बनाएर विकेटकिपर हाइनरिक क्लासनबाट क्याच आउट भए। हैदराबादका जयदेव उनादकट र प्याट कमिन्सले २र२ विकेट लिए। शाहबाज अहमदको नाममा १ विकेट रह्यो।

त्यसअघि राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २७७ रन बनाएको थियो।

हाइनरिक क्लासनले अविजित रहँदै सर्वाधिक ८० रन बनाए। ३४ बल खेलका उनले ४ चौका र ७ छक्का प्रहार गरे। यता, एडन मारक्रमले २८ बलमा २ चौका र १ छक्कासहित अविजित रहँदै ४२ रन बनाए।

हैदराबादले पहिलो विकेट ४५ रनमा गुमाएको थियो। पाँचौँ ओभरको पहिलो बलमा मयंक अग्रवाल ११ रनमा आउट भए। मंयक १३ बलमा १ चौकासहित ११ रन बनाएर आउट भए। उनी हार्दिक पाण्ड्याको बललाई पुल गर्ने प्रयासमा टिम डेविडबाट क्याच आउट भएका हुन्।

त्यसपछि कृजमा आएका ट्रेविस हेड र अभिषेक शर्मा तेस्रो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए। हेड आठौँ ओभरको पाँचौँ बलमा हेड ६२ रनमा आउट भए। उनले २४ बलमा ९ चौका र ३ छक्कासहित ६२ रन बनाए।

उनी जेराल्ड कट्जीको बलमा शट थर्डमा नमन धीरबाट क्याच आउट भएका हुन्। शर्मा भने ११औँ ओभरको अन्तिम बलमा नमन धीरको बलमा क्याच आउट भए। पियुष चावलाको बलमा शर्मा डीप मिड विकेटमा धीरबाट ६३ रनमा क्याच आउट भए।

शर्माले २३ बलमा ३ चौका र ७ छक्का प्रहार गरे। मुम्बईका हार्दिक पाण्ड्या, जेराल्ड कट्जी र पियुष चावलाको नाममा १र१ विकेट रह्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल