अन्तर्राष्ट्रिय / खेलकुद

गृहपृष्ठ अन्तर्राष्ट्रिय / खेलकुद

इन्डियन प्रिमियर लिग : गुजरात टाइन्सका कप्तान शुभमन गिललाई १९ लाख जरिवाना

इन्डियन प्रिमियर लिग : गुजरात टाइन्सका कप्तान शुभमन गिललाई १९ लाख जरिवाना

काठमाडौ : गुजरात टाइन्सका युवा कप्तान शुभमन गिललाई इन्डियन प्रिमियर लिग (आईपील) २०२४ मा १२ लाख भारु (१९ लाख २४ हजार रुपैयाँ) जरिवाना लागेको छ ।

मंगलबार राति चेन्नई सुपर किंग्सविरुद्धको फिल्डिङ निर्धारित समय भन्दा १ ओभर ढिलो सकिएपछि स्लो ओभर रेटमा गिल कारबाहीमा परेका हुन् । गिलले आईपीएलमा पहिलो पटक कप्तानी गरेका छन् । 

यसअघि दुई संस्करण कप्तानी गरेका हार्दिक पान्ड्या मुम्बई इन्डियन्स फर्किएपछि गिलले गुजरातको नेतृत्व गर्ने अवसर पाएका हुन् । गुजरातले पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ६ रनले हराएको थियो । मंगलबार राति भएको खेलमा भने चेन्नईसँग ६३ रनले पराजित भएको थियो ।

चेन्नईले दिएको २०७ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै १४३ रन बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल