खेलकुद

गृहपृष्ठ खेलकुद

सिद्धलेक ३ सलाङमा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

सिद्धलेक ३ सलाङमा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

धादिङ : धादिङ सिद्धलेक गाउँपालिका वडा नं ३ स्थित सलाङ ईटपानीमा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

नयाँ बर्ष २०८१ को पावन अवसरमा बैशाख १ गतेदेखी मनकामना समाज सुधार युवा क्लबले वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको क्लबका सदस्य तथा धादिङ जिल्ला भलिबल खेलाडी बिदुर इटनीले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेताले नगद ५० हजार, उपविजेताले ३० हजार तथा तेस्रो हुने टिमले २० हजार नगद पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने इटनीले बताउनुभयो।

साथै बेस्ट प्लेयर, बेस्ट स्पाइकर, बेस्ट सेटर, बेस्टर ब्लकर, बेस्ट सर्भरलाई सम्मान गरिने आयोजकले जनाएको छ ।

जुनसुकै जिल्लाबाट पनि सहभागी हुन पाउने यस प्रतियोगितामा खेलाडीहरु भने एउटै वडाको हुनुपर्ने तर एनभिए, तथा प्रदेश स्तरिय खेल खेलीसकेका खेलाडीहरु समावेश हुन नपाउने आयोजकले जनाएको छ ।

आयोजकले प्रतियोगितामा टिम दर्ताको लागि चैत्र २८ गतेसम्मको लागि समय तोकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल