अन्तर्राष्ट्रिय / खेलकुद

गृहपृष्ठ अन्तर्राष्ट्रिय / खेलकुद

प्रिमियर लिग : उपाधि दाबेदार लिभरपुल र सिटीले बाँडे अंक

प्रिमियर लिग : उपाधि दाबेदार लिभरपुल र सिटीले बाँडे अंक

काठमाडौं : प्रिमियर लिगका दुई उपाधि दाबेदार टोली लिभरपुल र म्यानचेष्टर सिटीले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

लिभरपुलको घरेलु मैदान एनफिल्डमा आइतबार राति भएको खेलमा सिटीले पहिले अग्रता लिए पनि लिभरपुलले बराबरी गोल फर्काएको थियो । खेलको २३औं मिनेटमा जोन स्टोन्सले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । 

पहिलो हाफमा पछि परेपनि लिभरपुलले दोस्रो हाफमा सुरुमै गोल फर्काएको थियो । लिभरपुलका लागि ५०औं मिनेटमा एलेक्सिस म्याक एलिस्टरले पेनाल्टीमार्फत गोल गरे ।

बराबरीपछि दुवैले शीर्ष स्थानमा पुग्ने मौका गुमाएको छ र यसको फाइदा आर्सनललाई मिलेको छ । २८ खेलबाट आर्सनल र लिभरपुलको समान ६४ अंक छ । तर गोल अन्तर अघि रहँदै आर्सनल शीर्ष स्थानमै छ ।  ६३ अंक रहेको सिटी तेस्रो स्थानमा छ ।

प्रिमिय रलिगकै अन्य खेलमा टोटनहमले एस्टन भिल्लाई ४–० ले र ब्राइटनले नटिङहम फरेस्टलाई १–० ले पराजित गरेको छ भने वेष्टहम र बर्नलीले १–१ को बराबरी खेलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल