धादिङ स्पेशल / नीलकण्ठ / खेलकुद / गाउँ-समाज

गृहपृष्ठ धादिङ स्पेशल / नीलकण्ठ / खेलकुद / गाउँ-समाज

धादिङ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड माघ १४ गतेदेखी हुने

धादिङ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड माघ १४ गतेदेखी हुने

धादिङ : धादिङ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड माघ १४ गतेदेखी हुने भएको छ।

जिल्ला खेलकुद विकास समिति धादिङको आयोजनामा माघ १४ गतेदेखी १६ गतेसम्म सदरमुकाम धादिङबेशीमा १३ औं जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने खेलकुद विकास समितिका अध्यक्ष प्रताप सिं तामाङले बागमती कलमलाई जानकारी दिनुभयो।

प्रतियोगिताको बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले उद्घाटन गर्ने तय भएको अध्यक्ष तामाङले बताउनुभयो । 

धादिङबेसीस्थित कवर्डहल परिसरमा ३३० पदकका लागि प्रतिष्प्रधा हुने प्रतियोगितामा महिला र पुरुष दुबै तर्फको भलिबल, कबड्डी, कँराते, तेक्वान्दो, उसु, एथ्लेटिक्सका फिल्ड इभेन्ट्समा हाइजम्प, लङजम्प, ज्याभलिङ थ्रो, सटपुट लगायतका खेलहरू हुने खेलकुद विकास समितिका कार्यालय सचिव रमेशमान तुलाधरले बताउनुभयो।

जिल्ला स्तरीय रनिङ शिल्डको लागि १३ वटै पालिकाले खेलाडी छनोट गरिसकेकाले सम्भवत सबै पालिका सहभागी हुने उहाँको भनाई छ। प्रतियोगितामा पालिकाबाट छनोेट भएर आएका १८ वर्ष सम्मका छात्ररछात्राहरुले भाग लिन पाउने छन्।

जिल्लाबाट छनोट भएका खेलाडीहरु प्रदेश छनोट पार गर्दै राष्ट्रिय प्रतियोगिताको लागि खेल्न पाउने छन्। यसअघिको १२ औं धादिङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नीलकण्ठ नगरपालिकाले जितेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल